Tuesday 2nd June 2026

धामीलेकमा जिप दुर्घटना, एक जनाको मृत्यु

7 years अगाडी

काठमाडौँ । बझाङको जयपृथ्वी नगरपालिकामा जिप दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु भएको छ। जयपृथ्वी नगरपालिका–११ धामीलेकमा शुक्रबार बेलुका से१ज ७७६ नंको जिप दुर्घटना हुँदा सोही नगरपालिका–११ का स्थानीयवासी ३० वर्षीया भगवती जोशीको मृत्यु भएको प्रहरीले जनाएको छ।

जोशी चैनपुरबाट घर पुगेर जिपबाट ओर्लदा जिप पछाडि सरेपछि किचेर मृत्यु भएको स्थानीयवासीको आरोप छ। घटनाबारे थप अुनसन्धान भइरहेको र जिपका चालक भने दुर्घटनापछि फरार रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

          May 11, 2019 1:24 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...