प्रिमियर लिगमा सिजनको अन्तिम खेल आज, कसले जित्ला उपाधि ?
इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि छिनोफानोसहित जारी सिजनको अन्तिम चरणका खेल आज हुँदैछ । लिगका दशवटै खेल राति पौने ८ बजेदेखि सुरु हुनेछ । तर २ खेलमा मात्र सबैको आकर्षण रहनेछ । प्रिमियर लिगमा सन् २०११/१२ को सिजनपछि पहिलोपल्ट उपाधि छिनोफानो अन्तिम खेलबाट हुन लागेको छ ।यो दौडमा साविक विजेता म्यानचेस्टर सिटी र लिभरपुल छन् ।
दौडमा सिटी एक कदम अगाडि छ भने गएको साता बार्सिलोनालाई हराउँदै च्याम्पियन्स लिगको फाइनलमा पुगेको लिभरपुलले पछ्याइरहेको छ । लिगका ३७ खेलमा सिटीको ९५ र लिभरपुलको ९४ अंक छ । आइतबार लिभरपुलले एनफिल्डमा उल्भरह्याम्प्टनसँग खेल्नेछ भने सिटीले रेलिगेसनबाट मुस्किलले जोगिएको ब्राइटनसँग उसकै मैदानमा खेल्दैछ ।
जारी लिगको अहिलेसम्मको यात्रामा लिभरपुल र सिटीको उत्कृष्ट अग्रपंक्ति नै उसको सफलताको कारक बनेको छ । सिटीले ३१ खेलमा जित निकालेको छ भने २ खेल बराबरी खेलेको छ । लिभरपुलले ३७ खेलमा २९ जित, ७ बराबरी र एउटामात्र हार ब्यहोरेको छ ।
May 12, 2019 11:07 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)