अन्तर्राष्ट्रिय नर्सिङ दिवस आज, नेपालमा पनि विविध कार्यक्रम गरेर मनाइँदै
काठमाण्डौ – अन्तर्राष्ट्रिय नर्सिङ दिवस आइतबार मनाइँदैछ । आधुनिक नर्सिङका संस्थापक फ्लोरेन्स नाइटिङ्गलको जन्मदिनको अवसर पारेर अन्तर्राष्ट्रिय नर्सिङ काउन्सिल आइसिएनको आह्वानमा हरेक वर्ष मे १२ तारिखमा यो दिवस मनाउने गरिन्छ । नेपालमा नर्सिङ कलेज तथा सम्बन्धित संघसंस्थाहरुले दिवसका अवसरमा आइतबार विभिन्न कार्यक्रम गर्दैछन् । नेपालमा नर्स, अनमी र विदेशबाट नेपालमा काम गर्न आएका नर्स गरी झण्डै ४८ हजार ९ सय भन्दा धेरै रहेका नेपाल नर्सिङ परिषदको तथ्याङकमा उल्लेख छ ।
नेपालमा सरकारी तथा निजी स्तरमा गरी झण्डै साढे २ सय शिक्षण संस्थाबाट वार्षिक रुपमा ८ हजार भन्दा धेरै जनशक्ति उत्पादन हुने गरेका छन् । योग्यता अनुसार रोजगारी नपाउनु, विशेषज्ञता अनुसार पदपूर्ति हुन नसक्नु, काममा पनि विभेद हुनु जस्ता कठिनाइ अहिले भोगिरहेका मुख्य समस्या भएको नर्सहरुको गुनासो छ ।विकसित देशमा सामान्यतया तीनजना बिरामीका लागि १ जना नर्स हुनुपर्ने प्रावधान छ । तर नेपालमा एकजना नर्सले २० देखि ३० जना भन्दा धेरै बिरामी हेर्नुपरेको तथ्यांक छ ।
यसैबीच, भक्तपुरको राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्रका दुईजना नर्सले शनिबारदेखि आमरण अनसन सुरु गरेका छन् । केन्द्र संचालन भएदेखि कार्यरत नर्सलाई प्राथमिकतामा राखेर स्थायी गरिनुपर्ने, अनुभव हेरेर बढुवा गर्नुपर्ने, जोखिम भत्ताको व्यवस्था गर्नुपर्नेलगायतका माग पूरा नगरेको भन्दै नर्स डिकी शेर्पा र जिता बरालले आमरण अनशन सुरु गर्नुभएको हो । शेर्पा केन्द्रको भवन भक्तपुरमा र बराल महाराजगञ्जमा रहेको नर्सिङ संघको भवनमा आमरण अनसन बस्नुभएको छ ।
May 12, 2019 12:09 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता