प्रधानमन्त्री मोदीको मेकअपमा मासिक ८० लाख खर्च !
केहीदिन यता भारतमा सामाजिक सञ्जाल प्रयोगकर्ताको ध्यान तानिरहेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले मेकअप गरिरहेको एक भिडियोले सामाजिक संजाल तातिरहेको छ । यहाँ केही मेकअप आर्टिस्ट प्रधानमन्त्री मोदीको वरिपरि देखिन्छन् ।
अधिकांश सामाजिक सञ्जाल प्रयोगकर्ताले यो भिडियो शेयर गर्दै मोदीको मेकअपमा मासिक ८० लाख भारतीय रुपैंया खर्च हुने गरेको उल्लेख गरेका छन् । आरटीआइ प्रयोग गरी यो जानकारी प्राप्त गरेको उनीहरुले बताएका छन् । तर, वास्तविकता भने फरक छ ।
यो भिडियो सन् २०१६मा बेलायतको राजधानी लन्डनस्थित म्याडम तुसाद म्युजियमले तयार पारेको हो । म्युजियममा विश्वका प्रभावशाली नेताहरुको प्रतिमा राख्ने गर्छ । यसै का लागि मोदीको प्रतिमा बनाउने तयारीका क्रममा यो भिडियो बनाइएको थियो । म्युजियमले त्यसैबेला यो भिडियो युट्युबमा राखेको थियो । मोदीको मेकअपमा कति खर्च हुन्छ भन्ने विषयमा पनि आरटीआइ परेको नपाइएको बिबिसी हिन्दीले जनाएको छ ।
May 12, 2019 12:25 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता