१७ वर्षपछि सलमान र शाहरुखलाई एउटै चलचित्रमा ल्याउने तयारी गर्दै यी निर्देशक
बलिउड अभिनेता शाहरुख खान र सलमान खान पछिल्लो समय एकअर्काका निकै घनिष्ठ साथी भएका छन् ।दुवै जना एकअर्काको चलचित्र प्रमोशनको काममा कुनै पनि किसिमको कसर छोड्दैनन् । यी दुवै एकअर्काको चलचित्रमा केमियो पनि गर्दै आइरहेका छन् । केही महिनाअघि सलमान खानले शाहरुख खानको फिल्म ‘जिरो’ मा केमियो गरेका थिए भने शाहरुख खानले सलमान खानको चलचित्र ‘भारत’ को ट्रेलर रिलिज भएसँगै खुलेरै प्रसंशा गरेका थिए ।
बलिउड खबरका अनुसार, दर्शकले अब छिट्टै नै सलमान खान र शाहरुख खानलाई एकसाथ एउटै फिल्ममा हेर्न पाउनेछन् । निर्देशक अली अब्बास जफरले हालै एक अन्तर्वार्तामा सलमान र शाहरुखलाई अभिनय गराउने इच्छा व्यक्त गरेका छन् । जफरले भने, ‘यो छिट्टै नै हुनेछ । यदि मैले नै स्क्रिप्ट लेखे भने यो काम छिट्टै नै हुनेछ यी दुवैले एकअर्कालाई माया गर्छन् । दुवै एकअर्काको साथमा काम गर्न चाहन्छन् । यदि कुनै राम्रो स्क्रिप्ट अगाडि आयो भने यी दुवैले काम नगर्ने भन्ने कुरा नै छैन ।
शाहरुख र सलमानको जोडी पर्दामा आयो भने दर्शकका लागि त्यो फिल्म कुनै विशेष सप्राइजभन्दा कम हुने छैन । सन् २००२ मा यी दुवैले अभिनेत्री माधुरी दीक्षितका साथ फिल्म ‘हम तुम्हारे हे सनम’ मा मुख्य अभिनेताको रुपमा काम गरेका थिए । त्यस घि फिल्म ‘करण अर्जुन’ मा यी दुवैले दाजुभाइको भूमिका निर्वाह गरेका थिए । त्यसको १७ वर्ष पुगिसक्दा पनि यो जोडी एकैसाथ एउटै फिल्ममा मुख्य अभिनेताको रुपमा फर्किएका छैनन् । तर अब भने शाहरुख खान र सलमान खानका फ्यानहरुको यी दुवैलाई एकसाथ मुख्य अभिनेताको रुपमा पर्दामा हेर्ने सक्नेछन् ।
May 14, 2019 10:13 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता