‘कबड्डी ३’ मा दयाहाङ, कर्म र उपासना
काठमाण्डाै – झण्डै ३ महिनाअघि चलचित्र ‘कबड्डी ३’ को घोषणा गरिएको थियो । घोषणा गरिए पनि चलचित्रका पात्रहरु भने फाइनल भएका थिएनन् ।एकताका अभिनेता प्रदिप खड्का चलचित्रमा रहने चर्चा समेत चलेको थियो । तर, प्रदिपले ‘कबड्डी ३’ मा आू उपलब्ध हुन नसक्ने बताएका थिए । अन्ततः ‘कबड्डी’ तेस्रो श्रृंखलाका रुपमा निर्माण हुनलागेको ‘कबड्डी ३’ मा अभिनय गर्ने कलाकारहरुको टुंगो लागेको छ । चलचित्रका लागि कलाकार फाइनल गरी कास्टलाई लिएर कार्यशालासमेत सुरु भइसकेको बताइएको छ ।
चलचित्रका लागि दयाहाङ राई, कर्म, विल्सनविक्रम राई र बुद्धि तामाङ फाइनल भइसकेका छन् । त्यससँगै फिमेल लिडका लागि ‘क्याप्टेन’ की अभिनेतृ उपासना सिंह ठकुरीलाई फाइनल गरिएको छ । अभिनेत्री ठकुरी हाल वर्कसपमा व्यस्त छिन् ।
चलचित्र मुस्ताङको सेरोफेरोमा केन्द्रित हुने बुझिएको छ । जेठदेखि छायांकनमा जाने भनिएको चलचित्रको छायांकन पोखरा, मुस्ताङ र अन्नपूर्ण आधार शिविर वरपर गर्ने तयारी गरिएको छ ।सिनेमा आर्टको ब्यानरमा निर्माण हुने चलचित्रलाई रामबाबु गुरुङले बनाउन लागेका हुन् भनर् कथा तथा निर्देशन पनि गुरुङकाे नै रहनेछ ।
May 15, 2019 10:11 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता