गोरखामा जीप दुर्घटना, ७ जना घाइते (घाइतेको नामावलीसहित)
बेनीघाट– गोरखामा भएको जीप दुर्घटनामा ७ जना घाइते भएका छन् । गण्डकी गाउँपालिका– २ स्थित दर्बुङ्गको रानीस्वरामा बुधबार बा २० च ५४५० नम्बरको बोलेरो जिप दुर्घटना भएको हो । तान्लिचोकबाट गाउँपालिका कार्यालय जाने क्रममा सडकबाट करीब ४३ मिटर तल खसेर सो जीप दुर्घटना भएको घ्याल्चोक प्रहरी चौकीका प्रमुख असई लखन बहादुर चौधरीले जानकारी दिए ।
उनका अनुसार दुर्घटनाका घाइतेमध्ये ६ जनाको गजुरी अस्पतालमा उपचार भइरहेको छ भने चालक मिलन श्रेष्ठको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौं पठाइएको छ। दुर्घटनामा घाइते भएका यात्रुहरुमा मिना पन्त, सीता लामिछाने, सारजन थापा, नरबहादुर थापा, दीपक थापा र लिला थापा रहेका छन् । उनीहरु सबै गण्डकी गाउँपालिकाकै स्थानीय हुन् ।
उनीहरुको अवस्था खतरामुक्त रहेको बताइएको छ । प्रहरीले घुम्तीमा जीप मोड नपुगेपछि ब्याक गर्ने क्रममा सडकबाट खसेको जनाएको छ ।
May 15, 2019 3:17 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता