कुवेतमा शान्तिको कामना गर्दै २५६३ औं बुद्ध जयन्ती भब्यरुपमा मनाइयो ( हेर्नुहोस फोटो फिचर )
१८ मे २०१९ कुबेत नेपाल तामाङ घेदुङ कुवेत द्वारा आयोजित २५६३औं बुद्ध जयन्ती को अवसरमा शान्ती पुजा पाठ तथा प्रबचन २०१९ कार्यक्रम होजो मिती १७ मे २०१९ शुक्रबार का दिन कुबेतको फर्वानिया स्थित युनिक अडिटोरिय हलमा शान्तिको कामना गर्दै २५६३औं बुद्ध जयन्ती मनाइयो । भगवान गौतम बुद्धको २५६३ औं बुद्ध जयन्ती देशका विभिन्न स्थानमा बुद्धको मूर्ति र अस्थि धातुसहित प्रभातफेरी एवम् शोभायात्रा को साथ मनाइएको छ । कुबेत मा पनि नेपाल तमाङ घेदुङ, कुवेत ले स्थापना काल देखी नै आफ्नो मौलिक परम्परा, भाषा-संस्कृति, भेषभूषा र रीतिरीवाजलाई जगेर्ना गर्दै प्रबासमा कृयाशिल अन्य नेपाली समाजसँगको आपसी भाईचारालाई हातेमालो गर्दै सान्तीका दुत भगवान गौतम बुद्धको जन्म जयन्ती लाई एक समावेशी ढंगबाट शान्तिको कामना गर्दै २५६३औं बुद्ध जयन्ती मनाइएको छ।
कुबेत को फर्वानिया स्थित युनिक अडिटोरिय हलमा सम्पन्न २५६३ बुद्ध जयान्ती घेदुङ कुवेतका अध्यक्ष सुरेश ग्याबा तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रम मा नेपाली राजदुतावास कुवेतका मिनष्टर काउन्सीलर : प्रकाश मनि पौडेल,प्रमुख रहेका थिए। भने कुवेतमा क्रियाशील बिभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार, बुद्धिजीवी,खेलाडी, कलाकार, ब्यबसायी, समाजसेवी लगायत उल्लेख्य संख्यामा कुवेतबासि नेपालीहरुको उपस्थिती रहेको थियो । भने घेदुङ कुवेतका महासचिव कृष्णबहादुर तामाङ ले कार्यक्रम सञ्चालन गरेका थिए ।
सभापति, प्रमुख अतिथी,अतिथीहरु ले संयुक्तरुपमा द्दिप प्रज्वलन र केक काटेर कार्यक्रमको उद्घाटन गर्दै नेपालको राष्ट्रिय गान बजाई कार्यक्रमलाई मुर्त रुप दिईएको थियो। भने कुबेत मा कृयाशिल नेपाली संघँ सस्थाको प्रमुख तथा प्रतिनिधिहरु र पत्रकारहरु अतिथीको रुपमा उपस्थित रहेका थियो। २५६३ बुद्ध जयान्ती कार्यक्रम लाई नेपाल घेदुङ कुवेतका सल्लाहकार,आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तमाङ, ले स्वागत मन्तव्य द्वारा उपस्थितलाई स्वागत गरेका थिए । भने बुद्ध को बारेमा धर्म गुरु ले प्रष्ट पारेका थिए।
अति नै रमाईलो बातावरणमा समपन्न कार्यक्रममा सम्पूर्ण उपस्थित दर्सकहरुलाई फल फुल,सेल रोटी पानी र जुसको ब्यबस्था घेदुङ कुवेतले उपलब्ध गराएको थियो ।भने २५६३ बुद्ध जयान्ती गौतम बुद्धमुर्ती लाई पूजा गरी लामागुरु को हातबाट टिका आशिर्वाद लिदै पुजाको प्रषाद गर्नु ग्रहण भएको थियो ।
मा कार्यक्रमको प्रमुख अतिथि नेपाली राजदुतावास कुवेतका मिनष्टर काउन्सीलर : प्रकाश मनि पौडेल, घेदुङ कुवेतका सल्लाहकार राजेन्द्र तमाङ, गैर आवसीय नेपाली संघ कुवेतकी कार्यवाहक अध्यक्ष सुमित्रा पौडेल, आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तामांग,किरात राई यायोक्खा शखा कुवेतका अध्यक्ष मन्जित राई, नेपाली प्रवासी टयाक्सी ब्यवासायी संग कुवेतका अध्यक्ष सुन बहादुर तामाङ,पत्रकार हरी बाँनिय,नेपाल–कुवेत सरोकार समाज कुवेतका अध्यक्ष राम तमाङ, जन-जागृति युवा समाज, कुवेतका अध्यक्ष टिका राम आचार्य,नेपाली जनसम्पर्क समिति कुवैतका उप सभापती- माधव शर्मा,ले २५६३ औ बुद्द जयन्ती को शुभकामना मन्तब्य ब्याक्त गर्नु भएको थियो ।
कार्यक्रमको समापन गर्दै अध्यक्ष सुरेश ग्याबा तामाङ ले कार्यक्रममा उपस्थित भएर कार्यक्रम सफल पार्न हुने कुवेतमा कृयाशिल संघ संस्थाहरुको प्रतिनिधि ज्युहरु, बुद्धिजीवी, समाजसेवी, खेलाडी, पत्रकार, कलाकार, राजनीतिज्ञ र कार्यक्रममा उपस्थिति जनाउनु हुने सम्पूर्ण कुवेतवासी दिदिबहिनी तथा दाजुभाइहरु लाई हृदय देखि हार्दिक धन्यवाद को साथमा आभार प्रकट गर्नु भएको थियो। भने अन्त्यमा आफ्नो सस्कृति झल्किने नृत्य र गीत हरु प्रस्तुत गरि भरपुर मनोरंजन साथ कार्यक्रम रात को १२ बजे सम्पन्न भएको थियो।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता