मिडिया काउन्सील विधेयक संसदबाट पास हुन दिन्नौं : देउवा
४ जेठ, विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याएको मिडिया काउन्सीलसम्बन्धी विधेयक कांग्रेसले कुनैपनि हालतमा सदनबाट पास गर्न नदिने बताएका छन् । नेपालको संविधानले नै प्रेस स्वतन्त्रतालाई सुरक्षित गरेको अवस्थामा वर्तमान सरकारले कानुन ल्याएर प्रेसलाई नियन्त्रण गर्न खोजेको देउवाको भनाइ थियो ।
शनिवार बिराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री देउवाले भने, ‘प्रेस स्वतन्त्रतामा जे पनि त लेख्न पाइन्छ नी, पहिला पनि त लेख्ने क्रम थियो, पत्रकार नै जे पाए त्यही त लेख्न आफैं पनि चाहँदैनन् नी ।’सभापति देउवाले पत्रकारले जे पाए त्यही लेख्दा समाजले त्यस्ता पत्रकारलाई नपत्याउने र आफैं सकिने बताए ।
अर्को एक प्रसंगमा देउवाले केपी शर्मा ओलीको नेतृत्वको सरकारले मुलुक र जनताको लागि सिङ्को समेत भाँच्न नसकेको टिप्पणी गरे ।देउवाले भने, ‘सरकार गठन भएको डेढ बर्षको समयमा यो सरकारले सिङ्को समेत भाँच्न सकेको छैन । सरकार मुलुक र जनताको पक्षमा परिवर्तन देखिने गरी काम गर्ने पक्षमा देखिँदैन ।’कांग्रेसको नेतृत्व तहले तत्काल महाधिवेशन बोलाउन माग गरिरहेको समयमा सभापति देउवाले भने समय आएपछि हुने बताए ।
May 18, 2019 1:29 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता