विश्वकपका लागि पाकिस्तान टिममा फेरबदल, आमिरको पुनरागमन
एजेन्सी, पाकिस्तानले आगामी मे ३० देखि जुलाई १४ सम्म इंग्ल्यान्ड र वेल्समा संयुक्त रूपमा आयोजना हुन लागेको एक दिवसिय विश्वकपको लागि आफ्नो टोलीमा फेरबदल गरेको छ । पाकिस्तान क्रिकेट बोर्डले विश्वकप सुरु हुनुभन्दा १० दिनअघि आफ्नो टोलीमा फेरबदल गरेको हो ।
उसले पाकिस्तानले गत वैशाख ५ गते सार्वजनिक गरेको १५ सदस्सीय टोलीमा ३ खेलाडी परिवर्तन गरिएको हो । परिवर्तित टोलीमा तीव्र गतिका बलर मोहम्मद आमिरले मौका पाएका छन् । आमिर गत वैशाख ६ मा घोषणा गरेको टोलीमा परेका थिएनन् । हाल इङ्ल्याण्डमा रहेका आमिरको ठ्याउला निको भएको कारण टिममा राखिएको हो ।
आमिरसँगै आसिफ अलि र वाहब रियाजले पाकिस्तानी टोलीमा स्थान बनाएका छन् । उनीहरूले अबिद अलि, फहीम आश्रफ र जुनिद खानलाई स्थानान्तरण गर्दै टोलीमा स्थान बनाएका हुन् । पाकिस्तानले ३१ मे मा वेस्ट इन्डिजसँग खेल्दै विश्वकपमा सुरुवात गर्ने छ ।
पाकिस्तानको नयाँ टोलीमा कप्तान सर्फराज अहमेदसँगै मोहमद आमिर, बाबर आजम, हसन अली, इमाद वासिम, आसिफ अलि, फखर जमान, हरिस सोहिल र इमाम उल रहेका छन् । यस्तै वाहब रियाज, मोहमद हाफिज, मोहमद हसन, शादब खान, शाहिन साह अफ्रिदी र शोयब मल्लिक टोलीमा अटाएका छन् ।
May 20, 2019 2:36 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)