गोली लागेका विप्लव कार्यकर्ताको मृत्यु
भोजपुर – भोजपुर र खोटाङको सिमानामा पर्ने मैयुङ्गमा सुरक्षाकर्मीसँगको मुठभेडको क्रममा गोली लागेर घाइते भएका नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ता तीर्थराज घिमिरेको ज्यान गएको छ ।
गस्तीमा रहेको सुरक्षाकर्मीमाथि नेकपा विप्लवका कार्यकर्ताले गोली प्रहार गरेपछि जवाफी कारबाही गर्दा भोजपुरको षडानन्द नगरपालिका –२ कुदाककाउलेका ३२ वर्षीय तीर्थराज घिमिरे घाइते भएका थिए । स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि उनलाई मंगलबार नै धरान लगिएको थियो ।
हिले भोजपुर सडकमा पर्ने भोजपुर नगरपालिकाको भैसीपंखाको आइतबारे भीर नजिकै पहिरो खसेकाले एम्बुलेन्स जान नसकेको र उनलाई समयमै अस्पताल पुर्याउन नसकिएको भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले बताउनुभयो । बुधबार बिहान ३ बजे उपचारको क्रममा धरानको घोपा क्याम्पमा उनको ज्यान गएको हो । उनको तिघ्रामा गोली लागेको बताइएको छ ।
केही दिनदेखि विप्लवका हतियारधारी समूह भोजपुर, खोटाङ्ग र सोलुखुम्बुको सिमा क्षेत्र आसपास घुमिरहेको सूचनाका आधारमा जनपथ तथा सशस्त्र प्रहरीको टोलीले यो क्षेत्रमा गस्ती बढाएको थियो । घटनास्थलबाट सुरक्षाकर्मीले पेस्तोल, गोली, बायनाकुलर, प्रचार प्रसारका सामग्रीसमेत बरामद गरिएको प्रहरीले बताएको छ ।
May 22, 2019 9:57 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता