प्रहरीलाई छक्याएर भागे १६ वर्षे अभियुक्त
7 years अगाडी
Susma Dhakal
८ जेठ, काठमाडौं । बालिकालाई होटलमा लगेर सहमतिमा शारीरिक सम्बन्ध राख्दा परिवारले थाहा पाएपछि प्रहरी समक्ष बुझाइएका किशोर फरार भएका छन् । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले नियन्त्रणमा लिएको १६ वर्षीय किशोर पदम श्रेष्ठ फरार भएका हुन् ।
वृत्तका प्रमुख डीएसपी फडिन्द्र प्रसाईंले श्रेष्ठ वीर हस्पिटलबाट किशोर फरार भएको पुष्टि गरे ।उनले भने, ‘मेडिकल जाँच गर्न जाँदा हस्पिटलबाटै फरार भएको कुरा आएको छ । हामी खोजीमा जुटेका छौं ।’
प्रहरीका अनुसार उनीविरुद्ध जबरजस्तीकरणी मुद्दामा म्याद थप पनि भएको छैन । कानुनतः नाबालिकाको हकमा सहमतिमै शारीरिक सम्पर्क भए पनि जबरजस्तीकरणी मानिन्छ । म्याद थप गर्नुअघि प्रहरीले स्वास्थ्य परीक्षणका लागि अस्पताल लगेको थियो ।यो घटनामा पनि पीडित नाबालिका छिन् । परिवारले उनीहरुलाई एक होटलमा भेट्टाएपछि प्रहरीको जिम्मा लगाएका थिए ।
May 22, 2019 1:35 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
Loading...