ओमानमा एक नेपाली महिलाको हत्या, अर्की महिलाको शंकास्पद मृत्यु
यूएई – ओमानमा एक नेपाली महिलाको हत्या भएको छ । अर्की एक महिलाको शंकास्पद मृत्यु भएको छ । वैदेशिक रोजगारीका लागि २२ महिनाअघि ओमान पुगेकी मोरङको लेटाङकी अप्सरा दाहालको गएको जेठ ३ गते हत्या भएको हो ।
ओमानको सलाहमा बस्दै आएकी अप्सरा दाहालको चक्कु हानेर हत्या गरिएको ओमानमा रहेको नेपाली दूतावासले जनाएको छ । चक्कु हानेर घाइते हुनुभएकी अप्सराको उपचारका क्रममा अस्पतालमा ज्यान गएको ओमानमा रहेको नेपाली दूतावासले जनाएको छ । अप्सराको शव अहिले अलकाबुज अस्पतालमा राखिएको छ ।
अप्सरा एक बंगाली नागरिकसँग बस्दै आएकाले हत्यामा तिनै बंगाली नागरिक संलग्न भएको आशंकामा प्रहरीले अनुसन्धानका लागि उनलाई पक्राउ गरेको छ । अप्सराको हत्या भएको ठाउँ सलाह ओमानको राजधानी मस्कटबाट एक हजार किलोमिटर भन्दा धेरै दुरीमा पर्छ । घटना भएको ठाउँ टाढा भएकाले दूतावासको प्रतिनिधि पठाउने तयारी भइहरेको ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले उज्यालोलाई जानकारी दिनुभयो ।
यस्तै बर्दियाकी सुनिता सार्कीको भने शंकास्पद मृत्यु भएको छ । उहाँ झुण्डिएको अवस्थामा फेला पर्नुभएको हो । तर घुँडाले भुईं छोएकाले सुनिताको मृत्यु शंकास्पद देखिएको हो । सुनिताको मृत्युका बारेमा दूतावासलाई कुवेतमा रहेकी उहाँकी दिदीले जानकारी गराउनुभएको हो ।
सुनिता भिजिट भिसामा ओमान पुगेर घरेलु कामदारको रुपमा काम गर्दै आउनुभएको थियो । अप्सरा र सुनिता दुवै जना काम गर्ने ठाउँ छोडेर भागेर बंगाली नागरिकसँग बस्दै आएको प्रारम्भिक जानकारी पाएको दूतावासले बताएको छ ।
सुनिताको कोठामा बंगाली महिलाको परिचयपत्र फेला परेकाले सुरुमा बंगाली नै भएको भन्दै स्थानीय निकायले बंगादेशको दूतावासमा खबर गरेको थियो । तर पछि सुनिता नेपाली भएको खुलेपछि खबर गर्दा ढिलो खबर पाएको दूतावासले जनाएको छ ।
May 26, 2019 2:41 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता