कतारमा रहेका नेपालीलाई सार्वजनिक ठाउँमा असामाजिक काम नगर्न दूतावासको अनुरोध
काठमाण्डौ – कतारमा रहेको नेपाली दूतावासले नेपालीलाई स्थानीय कानुन विपरित सार्वजनिक ठाउँमा असामाजिक काम नगर्न आग्रह गरेको छ । नेपालीले सार्वजनिक स्थलमा रक्सी खाने, रक्सी बेच्ने, होहल्ला तथा झगडा गर्ने गरेको भन्दै दूतावासले विज्ञप्ति नै निकालेर सचेत गराएको हो ।
‘केही नेपाली समुदायका सदस्यहरु स्थानीय संस्कृति तथा नियम कानून विपरित सार्वजनिक ठाउँमा असामाजिक रुपले प्रस्तुत भएका घट्नाप्रति दूतावासको ध्यानाकर्षण भएको छ’, दूतावासले विज्ञप्तिमार्फत भनेको छ, ‘यस्तो कार्य गर्दा सजायको भागिदार हुनुपर्ने र यसले अन्य समुदायमा बीचमा नेपाली समुदायको छविमा नकारत्मक सन्देश जान्छ, त्यसैले यस्तो कार्य नर्गन र नगराउनुहुन सबै नेपाली समुदाय समक्ष अनुरोध छ ।’
साथै दूतावासल कतारको कानून, धर्म, परम्परा र संस्कृति विपरित कुनै काम नगर्न आग्रह गरेको छ । सार्वजनिक स्थानमा अनावश्यक जमघट गर्ने, झगडा गर्ने, होहल्ला गर्नेजस्ता काम नगर्न पनि दूतावासले नेपालीलाई आनुरोध गरेको छ ।
सामाजिक सञ्जालमार्फत असामाजिक तथा अनावश्यक कुरा पोष्ट नगर्न पनि दूतावासले नेपालीलाई सचेत गराएको छ । यस्तै बन्द हडताल, ठगी, चोरी तथा महिलामाथि दुव्यवहार नगर्न पनि भनिएको छ ।
रमादान लगायत निषेधित समयमा कुनै पनि खानेकुरा खुल्ला रुपमा नखान पनि दूतावासले सबै नेपालीलाई आग्रह गरेको छ । कतारको कानुनले बर्जित गरेका कुरा विज्ञप्तिमै उल्लेख गर्दै दूतावासले त्यस्ता काम नगर्न भनेको हो ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता