क्लब छाड्ने हल्ला चलेपछि रामोसको प्रतिक्रिया ‘ रियलबाटै सन्यास लिन्छु ’
एजेन्सी । रियल मड्रिडका कप्तान सर्जियो रामोसले रियल मड्रिड नछाड्ने बताएका छन् । रियल मड्रिड छाड्न लागेको हल्ला चलेपछि पत्रकार सम्मेलन गरी उनले क्लबमै रहने बताएका हुन् ।
पछिल्लो समयमा रियल मड्रिडको अवस्था खस्कँदो छ । खस्कँदो प्रदर्शनका कारण कप्तान रामोसको आलोचना भइरहेको छ । आलोचना भएपछि उनले क्लब छाड्ने हल्ला चलेको थियो । तर कप्तान रामोसको चलेका हल्लाहरु निराधार भएको पत्रकार सम्मेलन गरी जानकारी दिए । ‘म यहीँबाट सन्यास लिन चाहन्छु । मेरो बारेमा धेरै अनुमान गरिएको छ ।’ उनले भने ‘ म यो क्लबमै बस्न चाहान्छु ।’
यसअघि रामोसले क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजसँग सम्बन्ध चिसिएपछि क्लब छाड्ने हल्ला भएको थियो । रामोसले चिनियाँ क्लबबाट आफूलाई अफर आए पनि आफूले इच्छा नगरेको बताए । ‘ मलाई चीनबाट पनि अफर आएको छ । म यहींबाट करिअर पूरा गर्न चाहन्छु ।’३३ वर्षीय रामोस सन् २००५ देखि रियलबाट खेलिरहेका छन् । रियलले उनलाई सेभिल्लाबाट ल्याएको थियो ।
May 31, 2019 10:13 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)