क्यान्सर र मिर्गौला रोगले आमाछोराको बिचल्ली, आर्थिक अभावमा उपचारबाट वञ्चित
राँझा। बाँकेको राप्ती सोनारी गाउँपलिका–७ लालपुरमा क्यान्सर र मिर्गौला रोगबाट पीडित आमाछोरा उपचारबाट वञ्चित भएका छन्। आर्थिक अभावमा ६० वर्षीया तुलसा शाही र २४ वर्षीय छोरा हिरेन्द्र शाही उपचारबाट वञ्चित भएका हुन्।
तुलसा फोक्सोको क्यान्सरबाट पीडित छन् भने उनको छोरा हिरेन्द्रको दुवै मिर्गौलामा समस्या देखिएको छ। दुबै जनाको उपचार गर्न निकै समस्या भएको मिर्गौला पीडित शाहीकी भाउजु बिमला शाहीले बताइन्।
उनका अनुसार लामो समयसम्म बिरामी परेकी तुलसालाई गत असोजमा स्वास्थ्य जाँच गराउँदा क्यान्सर देखिएको हो। भारतमा मजदुरी गर्दै आएका हिरेन्द्रलाई मिर्गौलाको समस्या देखिएको हो।
“सासु र देवरको उपचार गराउँदैमा सवै रकम सकियो”, बिमलाले भनिन्, “अहिले पाँच लाख ऋणमा छौँ ।” उनले विभिन्न सहयोगीका भरमा देवरको नियमित डायलसिस गराउँदै आएको बताइन्। अहिले हिरेन्द्रको मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा डायलसिस गरिँदै आएको छ।
क्यान्सर पीडित तुलसालाई दुई पटकसम्म ‘किमो’ गरिएको छ। “अहिले आर्थिक अभावका कारण उपचार गर्न सकिएको छैन”, बिमलाले भनिन्। उनले आर्थिक सहयोगका लागि विभिन्न निकाय तथा व्यक्तिलाई गुहार्दै आएकी छन्।
June 4, 2019 11:42 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता