तुम्लिङटारमा दुर्लभ सालक भेटियो
संखुवासभा — संखुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारको चिलाउनेमा दुर्लभ सालक भेटिएको छ । गाउँ छेउमा नै भेटिएको दुर्लभ सालकलाई मंगलबार जंगलमा नै पुनः छोडिएको छ । स्थानीय गाउले, जनप्रतिनिधि र डिभिजन वन कार्यालय खाँदबारीका कर्मचारीलगायतको रोहवरमा मुचुल्का उठाएर जंगलमा नै छोडिएको तुम्लिङटारका सालक संरक्षणसम्बन्धी समुदायमा आधारित चोरी सिकारी नियन्त्रण तथा युवा जागरण समितिका सदस्य गणेश तामाङले बताउनुभयो । उहाँको अनुसार, यो सालक करिब डेढ केजीको रहेको र करिब ५/६ महिनाको मात्रै रहेको डिभिजन वन कार्यालय खाँदबारीका कर्मचारीले बताएका थिए ।
सालक सोमबार दिउँसो करिब १२ बजे तिर स्थानीय शंकर राईले घर छेउमा नै सालक देखेपछि समात्नुभएको थियो । घर नजिकै ठूलो सालघारीको जंगल रहेकाले आहाराको खोजी गर्दै बारीमा आएपछि स्थानीय राईले सालक समात्नुभएको थियो । दुर्लभ सालक भेटिएपछि हेर्नेहरुको भीड लागेको थियो । त्यसपछि स्थानीयहरुले डिभिजन वन कार्यालय खाँदबारीमा खबर गरेपछि बन कार्यालय कर्मचारीहरु त्यहाँ पुगेका थिए ।तुम्लिङटारमा रहेको मनकामना सामुदायिक वनमा केही वर्ष अगाडिदेखि सालक संरक्षण कार्यक्रम लागू भएको छ । यो कार्यक्रम लागूभएपछि मनकामना सामुदायिक वनमा सालकको संख्या धेरै नै बढेको स्थानीयहरुको अनुमान छ ।
बहुमूल्य र लोपोन्मुख सालकको खपडा महङगो मुल्यमा बिक्री हुने भएकाले चोरीसिकारी अत्यधिक हुने गर्दछ । सालकको संख्या लोप हुँदै गएकाले पछिल्लो समय वन कार्यालय अन्तर्गत संरक्षण गर्ने कार्यक्रम समेत लागू हुन थालेको छ । संखुवासभाको खाँदबारी नगरपालिका भित्रका तुम्लिङटार, रातमाटे, पिप्ले, सेकाहामा समेत पाइने गर्दछ । त्यसका साथै चैनपुर नगरपालिका अन्तर्गत खराङ, लोहाकोट लगायत ठाउहरुमा सालकहरु पाइने गरेको डिभिजन वन कार्यालयले जनाएको छ । वन ऐन अन्तर्गत सालकको चोरी सिकारी र सालकको पखडा बेचबिखन गर्नेलाई दुई वर्ष कैददेखि २५ हजार रुपैयाँ र त्योमाथि कसुर अनुसार कारबाही र जरिवाना गर्ने नियम रहेको छ ।
June 4, 2019 2:11 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता