पत्रकारलाई नाकको डाँडी भाँच्छु भन्ने मेयर चौधरीको सर्वत्र आलोचना
झापा । पत्रकारलाई नाकको डाँडी भाँच्छु भन्दै धम्की दिने इटहरी उपमहानगरपालिकाका मेयर द्वारीकलाल चौधरीको आलोचना अहिले जताततै छ । इटहरीका पत्रकार विराट अनुपमलाई फोनमा नाकको हड्डी भाँच्न एक करोड छुट्याएको छु भन्दै धम्की दिएका मेयरको सामाजिक सञ्जाल जताततै आलोचना भएको हो ।फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जालमा पत्रकारदेखि राजनीतिज्ञसम्म धेरैले यस विषयमा मुख खोलेका छन् । यस्तैमा सत्तारुढ नेकपाका नेता योगेश भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा मेयर द्वारीकलाल चौधरीको आलोचना गरेका छन् ।
उनले बुधबार बिहान लेखेका छन्, ‘म द्वारीकजीको हकी स्वभाव, प्रष्टवक्ता र इमान्दारिताको पहिलेदेखि कै प्रशंसक हुँ । तर, केही दिनयता उहाँले पत्रकार र अन्य कतिपय व्यक्तिहरुका बारेमा सार्वजनिक भएका अभिब्यक्ति स्वयम् उहाँले धारण गर्नुभएको सार्वजनिक पद, उहाँले प्रतिनिधित्व गर्नुभएको पार्टी (नेकपा) र स्वयम् उहाँको राजनीतिक उचाइका लागि कदापी सुहाउँदैन । तसर्थ आफ्ना भनाइप्रति सार्वजनिक रुपमा आत्मलोचना गरी पदीय गरिमा र पार्टीको प्रतिष्ठाप्रति सचेत रहन मेयर द्वारीक चौधरीलाई म बिनम्र अनुरोध गर्दछु ।’
यस्तै प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर खरेलले पनि यस विषयमा आफ्नो विचार राखेका छन् । उनले लेखेका छन्, इटहरीका मेयर द्वारिक चौधरी हकी स्वभावको हुनुहुन्छ भन्ने कुरा त उहाँको अभिव्यक्तिवाटै थाह हुन्छ । तर, पार्टीको मान्यताका बारेमा भने उहाँका बुझाईहरु भने पूर्णतः त्रुटीपूर्ण छन् । नेकपा विधिको शासन र लोकतान्त्रिक मुल्यमान्यताप्रति दृढ छ । जवजवाट दिक्षीत कार्यकर्ताले त लोकतान्त्रिक मूल्य मान्यता र विधिको शासनप्रति झनै प्रतिवद्ध रहनुपर्ने हुन्छ ।
द्वारिकजीको आक्रोस पितपत्रकारिता र भ्रष्टाचारविरुद्ध भएपनि अभिव्यक्ति भने अस्वभाविक र गलत छन् । तसर्थ उहाँले जनप्रतिनिधि र पार्टी कार्यकर्ता दुवै हिसाबले आफ्ना अभिव्यक्तिलाई सच्याउँदै आत्मआलोचना गर्नु उचित हुनेछ ।’ पत्रकारमाथि दुर्व्यवहार गरेपछि चर्चामा आएका मेयरले मंगलबार पत्रकार विराटलाई अब तिम्रो नाकको हड्डी भाँच्छु अनि मात्र मलाई शान्ति हुन्छ भन्दै फोनमा धम्क्याएका थिए ।मेयर चौधरीले पत्रकार अनुपमको फेसबुक स्टाटसमा चाटुकर पत्रकार भन्दै कमेन्ट गरेका थिए । त्यसपछि अनुपमले मेयरलाइ फोन लगाएपछि पत्रकारले यस्तो धम्की दिएका थिए ।
June 5, 2019 4:26 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता