एनसेलको कर निर्धारणको विषय सर्वाेच्चको पुर्ण इजलासमा
काठमाडौं । एनसेलको कर निर्धारणको विषयमा सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाई मंगलबारदेखि सुरु भएको छ ।बृहद पुर्ण सुनुवाईमा न्यायाधीशहरु तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बरबहादुर शाही, सुष्मालता माथेमा र मनोजकुमार शर्माले एनसेलको कर विवादमाथिको सुनुवाई सुरु गरेका छन् । मंगलबार एनसेलका तर्फबाट कानून व्यवसायीहरुले धारणा राखेका छन् । तर यो क्रम नसकिएपछि अर्को पेशी असार १० गतेका लागि तोकिएको छ ।
सर्वोच्च अदालतका अनुसार न्यायाधीशहरु विभिन्न जिल्लामा अदालत निरीक्षणमा जानुपर्ने भएकाले अर्को पेशी असोज १० गतेका लागि तोकिएको हो । वैशाख ३ गते ठूला करदाता कार्यालयले ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८ सय १५ रुपैयाँ कर निर्धारण गरेपछि त्यसविरुद्ध एनसेल वैशाख ९ गते सर्वोच्चमा रिट दायर गरेको हो ।
रीटमाथि सुनुवाई गर्दै न्यायाधीशहरु सपना मल्ल प्रधान र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले यो विषयलाई जेठ २१ गते बृहत पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो । अब एनसेलले असार १० गतेसम्म लाभकर बुझाउन नपर्ने भएको छ ।
June 5, 2019 4:46 pm | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता