Tuesday 2nd June 2026

ट्र्याक्टरको ठक्करले महिलाको मृत्यु

7 years अगाडी

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ कालापानीका ६२ वर्षीय सरस्वती मल्लको आज ट्र्याक्टरले ठक्कर दिँदा मृत्यु भएको छ।कसरौलबाट कालापानीतर्फ जाँदै गरेको से १ त ७१२२ नम्बरको ट्र्याक्टरले मल्ललाई ठक्कर दिएर शक्त घाइते बनाएपछि उपचारका लागि महाकाली अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए।

घरबाट फरुवामा धार लगाउन नजिकैको आरन व्यवसायी कहाँ जाँदै गर्दा मल्ललाई ट्र्याक्टरले ठक्कर दिएको थियो।ठक्कर दिने ट्र्याक्टरसहित चालक २७ वर्षीय धु्रवसिंह रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मल्लको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ।

          June 6, 2019 11:08 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...