Tuesday 2nd June 2026

गुण्डा नाइके राधे भण्डारी पक्राउ

7 years अगाडी

प्रहरीको खोजी सूचीमा रहेका गुण्डा नाइके राधे भन्ने राधाकृष्ण भण्डारी हतियारसहित पक्राउ परेका छन् । उनी बुधबार साँझ धादिङको गजुरी गाउँपालिका–२ मलेखुबाट पक्राउ परेका हुन् । प्रहरीका अनुसार राधेले ताल्तीतर्फ जाने बाटोमा स्थानीयबासीलाई हतियार देखाउँदै धम्क्याएको सूचना पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउको क्रममा उनले प्रहरीमाथि पनि आक्रमणको प्रयास गरेका थिए । आक्रमणबाट प्रहरीको गाडीमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।नेपाली कांग्रेस निकट तरुण दलको जिल्ला उपाध्यक्षसमेत रहेका भण्डारी गुण्डागर्दीमा संलग्न रहँदै आएका छन् ।

          June 6, 2019 12:53 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...