पैसा लिएर अपराधी जोगाएको आरोपमा प्रहरी निरीक्षक पक्राउ
काठमाडौं, २६ जेठ । ज्यान मुद्दामा संलग्न चालक जोगाएको आरोपमा नेपाल प्रहरीका एक अधिकृत पक्राउ परेका छन् ।इलाका प्रहरी कार्यालय गैडाकोटका प्रमुख लोकबहादुर जिसीलाई अख्तियार दुरुपयोग आयोगले पक्राउ गरेको हो । आयोगको केन्द्रीय कार्यालयबाट खटिएको विशेष टोलीले मंगलबार प्रहरी निरीक्षक जिसीलाई नवलपरासीबाट पक्राउ गरेको हो। नक्कली चालक खडा गरेर घटनाको सत्यतथ्य लुकाउन खोजेको आरोपमा उनीमाथि अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
गत वैशाख ११ गते राती बोधराज पाण्डेले पूर्वपश्चिम राजमार्गको गैंडाकोट खण्डमा चलाएको कारले विपरीत दिशाबाट आएको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल पछाडि बसेकी युवतीको मृत्यु भएको थियो भने मोटरसाइकल चालक घाइते भएका थिए।तर सबारी ज्यान मुद्दामा नक्कली चालक खडा गरेर प्रमाण नष्ट गरेको अभियोग जिसीमाथि लगाइएको छ । कारचालक पाण्डेले प्रहरीसँग मिलेर किसुन महतोललाई नक्कली चालकका रुपमा खडा गरेका थिए । इन्स्पेक्टर जिसीले पाण्डेबाट १० लाख लिएर नक्कली चालक खडा गरेको उजुरी परेको थियो । सोही उजुरीमाथी छानबिन गर्दा जिसीको संलग्नता खुलेपछि उनलाई पक्राउ गरिएको हो ।
June 9, 2019 11:18 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता