विश्वकप क्रिकेटमा आज अष्ट्रेलिया र पाकिस्तानबीच प्रतिस्पर्धा
विश्वकप क्रिकेटमा बुधबार अष्ट्रेलिया र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । सन् १९९९ पछि पहिलोपल्ट विश्वकपमा जवाफी ब्याटिङ गरेर पराजित भएको अष्ट्रेलिया इंग्ल्याण्डमा जारी आईसीसी एकदिवशीय विश्वकपमा बुधबार पाकिस्तानविरुद्ध पुनरागमन जित हासिल गर्ने लक्ष्यमा हुनेछ । यस खेल टाउटोनको काउन्टी क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो सवा ३ बजेदेखि सुरु हुनेछ । आफ्नो पूरा शक्तिका साथ अष्ट्रेलियाको बलिङ आक्रमण भारतविरुद्धको खेलमा संघर्षरत देखिएको थियो । गएको बिहीबार द ओभलमा पहिलो इनिङमै लगभग खेलबाट बाहिरिइसकेको थियो ।
३ सय ५४ रनको लक्ष्य पछ्याउने क्रममा ब्याट्सम्यानले साविक विजेताको साख जोगाउन आफ्नो शतप्रतिशत प्रदर्शनको प्रयास गरेका थिए । तर, जवाफी पारीको कुनै पनि समयमा अष्ट्रेलियाले खेल नियन्त्रणमा लिन सकेन । महत्वपूर्ण समयमा उसले विकेट गुमाइरहेको थियो ।यद्यपी एलेक्स केरीको प्रदर्शनले सायद सबैको ध्यान खिचेको थियो । पूरै ब्याटिङपंक्तिमा उनै एक थिए जसले च्याम्पियन शैलीमा रन बटुलेका थिए ।त्यसको विपरित पाकिस्तान टिम जसले यूएईमा अष्ट्रेलियाविरुद्धको श्रृंखला ५–० ले पराजित भएको थियो । र, आरोन फिन्चको टोली त्यही जितलाई निरन्तरता दिने अभियानमा हुनेछ ।
पाकिस्तान आफूमाथि लागेको ‘अप्रत्यासित टिम’को ट्यागमा खरो उत्रिएको छ र अहिलेसम्म प्रतियोगितामा त्यसको विपरित प्रदर्शन गरिरहेको छ । उसले प्रतियोगिताको आफ्नो पहिलो खेलमा वेष्ट इण्डिजसँग लज्जास्पद ७ विकेटको हारपछि घरेलु टोली इंग्ल्याण्लाई १४ रनले पराजित गरेको थियो । आफ्नो बाटोमा रहेको श्रीलंकालाई पाखा लगाउने उसको योजना सफल हुन पाएन । किनभने खेलको नतिजा आउनुअघि नै वर्षाले रद्ध भयो । अष्ट्रेलियाविरुद्धको खेलमा पनि उसलाई त्यस्तै प्रदर्शनको जरुरी हुनेछ जस्तो उनीहरुले इंग्ल्याण्डविरुद्ध गरेका थिए । टाउटोनमा बुधबार सुख्खा र बदलीयुक्त दिनको पूर्वानुमान गरिएको छ । यस्तो अवस्थाको पीचमा खेलको सुरुआती ओभरमा फाष्ट बलर प्रभावकारी हुनेछन् । सायद कप्तानहरु टस जितेर फिल्डिङ रोज्न इच्छुक हुनेछन् ।
June 12, 2019 10:08 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)