फिफा यु २० विश्वकप फाइनल : कोरिया रिपब्लिक र युक्रेन इतिहास रच्ने दाउमा
विराटनगर । फिफा यु २० विश्वकपको उपाधिकालागि कोरिया रिपब्लिक र युक्रेन बिच प्रतिस्पर्धा हुँदैछ । सेमिफाइनल खेलमा इक्वेडरलाई पराजित गर्दै कोरिया रिपब्लिक पहिलो पटक फिफा यु–२० विश्वकपको फाइनलमा प्रवेश गर्दा उपाधि दाबेदार मानिएको दरिलो टोली इटालीलाई पराजित गर्दै युक्रेन फाइनल प्रवेश गरेको हो ।दुबै सेमिफाइनल खेल मंगलबार राति भएका थिए । दुई टोलीमा जीतमा गोल अन्तरपनि समान १–० छ । पहिलो पटक विश्वकपको फाइनल प्रवेश गरेका दुबै टोली इतिहास रच्ने दाउमा छन् ।
पोल्याण्डमा जारी विश्वकपको उपाधि दाबेदारको रुपमा अर्जेन्टिना र इटालीलाई हेरिएको थियो । तर मालीसँग पराजित हुँदै अर्जेन्टिना अन्तिम १६ बाट घर फर्कदा इटाली पनि युक्रेनसँग पराजित भएपछि सेमिफाइनलबाटै बाहिरियो । उपाधि भिडन्तकालागि पुगेका दुई टोली विश्वकपमा दोबेदारका रुपमा हेरिएकाे थिएन । तर दाबेदार टोलीलाई हार चखाएका यी दुई टोली विश्वकपको उपाधि जितेर एतिहासिक रेकर्ड राख्न चाहान्छन् ।
लयमा रहेको युक्रेनलाई रोक्न कोरियालाई गाह्रो हुनेछ । पछिल्लो समय आफूलाई साबित गरेको कोरिया पनि उच्च मनोबलमा छ ।फिफाको र्याङकिङमा युक्रेन २७ औं स्थानमा छ । कोरिया रिपब्लिक भने ३७ औं स्थानमा छ ।कोरियालाई एतिहासिक जित दिलाउँदै फाइनल सम्मको यात्रा तय गराउन जे छोइले ३९ औं मिनेटमा गोल गरेका थिए । युक्रेन इटालीलाई १–० गोल अन्तरले परािजत गर्दा ६५ औं मिनेटमा सेरी बुलेस्टाले गोल गरेका थिए ।दुई टोली बिचको उपाधि भिडन्त जुन १५ तारिकमा हुनेछ ।
June 13, 2019 10:32 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)