धुर्मुस–सुन्तलीको काम दर्शक हसाउँने हो, रंगशाला बनाउदैं हिड्ने होइन : पत्रकार नेपाल
काठमाडौं । धुर्मुस–सुन्तली हास्य कलाकारिता मार्फत जनताको मनमा बस्न सफल जोडी हो । उनीहरुको समाजसेवालाई पनि जनताले खुबै रुचाएका छन् । यो बिचमा उनीहरुले पनि कहिलेकाँही विरोध र आलोचनाको शिकार हुनुपरेको छ । वरिष्ठ पत्रकार किशोर नेपालले धुर्मुस–सुन्तलीलाई घाँटी हेरेर हाड निल्न सुझाव दिएका छन् ।
एक यूट्युब च्यानलसंगको कुराकानीमा उनले रंगशाला निर्माण गर्छु भन्दै लागि परेको धुर्मुस सुन्तलीले गर्नै नहुने कार्य गरेको आरोप लगाएका छन् । चितवनमा रंगशाला बनाउन गएका धुर्मुस सुन्तलीले चितवनकै बासिन्दाहरुलाई धम्काउने र गाली गर्ने शैली नकारात्मक भएको उनको टिप्पणी छ । चन्दा उठाएर समाजसेवा गर्न नसकिने उनको बुझाइ रहेको छ ।
धुर्मुस सुन्तलीले आफ्नो क्षमताअनुसारको काम गर्नुपर्ने भन्दै नेपालमा ३ अर्बको रंगशाला निर्माण कुनै मजाकको विषय नभएको बताए । नेपालका विभिन्न क्षेत्रहरुमा धुर्मुस सुन्तलीले गरेको नमुना बस्ती निर्माणको कामलाई पनि आफुले सामान्य रुपमा हेरेको पत्रकार नेपालले बताएका छन् । नेपालले धुर्मुस सुन्तलीलाई भिखारीको संज्ञा समेत दिए ।
उनले भने, ‘भाँडो जोगीले बोकेको जस्तो बोक्ने अनि संसारभरी माग्न जाने भिखारीले जसरी मागेर समाजसेवा गरिँदैन ।’ उनले धुर्मु ‘पारदर्शीता भनेको ऐनामा हेर्नु हो रु’ उनले प्रश्न गरे । धुर्मुस सुन्तलीबाट आफुलाई शुरुवात देखि नै विश्वास नभएको समेत बताएका छन् । भुकम्प पिडितका लागि घर बनाउने सम्मको काम सह्रानीय भएको तर रंगशाला निर्माण गर्ने काम निकै हावादारि र महत्वकांक्षायुक्त भएको उनले आरेप लगाए ।
उनले यत्ति सम्म भने कि, उनीहरुले गर्नै नसक्ने काम गरेपछि रोएर हिँडनुपरेको बताउँदै धुर्मुस सुन्तलीको काम रंगशाला निर्माण गर्ने नभएर जनतालाई मनोरञ्जन दिने हो भन्दै फेरि कलाकारिता तर्फ आउँन अनुरोध गरेका छन् । भरतपुर महानगरपालिकाका मेयर रेणु दाहालले पनि हचुवाका भरमा धुर्मुस सुन्तलीलाई रंगशाला निर्माण गर्न स्वीकृती दिएको बताएका छन् ।
June 13, 2019 3:55 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता