इतिहासकै सबैभन्दा महंगो मूल्य पाएका खेलाडी नेयमारभन्दा एम्बाप्पे दोब्बर महंगा !
काठमाडौं। पछिल्लो समय फुटबलरहरुको कर्मा निकै ठूलो छ । अघिल्लो वर्ष सबैभन्दा धेरै कमाइ गर्ने खेलाडी बक्सर फेवेद मेवेदर थिए तर यस वर्ष सबैभन्दा धेरै कमाउने खेलाडीको सूचीमा शीर्ष ३ स्थान फुटबलरले कब्जा जमाएका छन् । शीर्ष ३ स्थानमा लियोनेस मेस्सी, क्रिस्टियानो रोनाल्डो र नेयमार छन् । यी तीन खेलाडीको व्यक्तिगत कमाइ धेरै भए पनि क्लवले उनीहरुको लागि तिर्ने मूल्यमा भने निकै गिरावट आएको छ । उत्कृष्ट प्रदर्शन गरिरहँदा पनि रोनाल्डोसँग अब खेल्ने समय १–२ वर्षभन्दा धेरै बाँकी छैन । रोनाल्डोभन्दा २ वर्ष कान्छा मेस्सीको पनि खेल्ने समय बढीमा ४ वर्ष मान्न सकिन्छ । अर्कोतर्फ लगातार घाइते भएर मैदानबाहिर रहने तथा कहिले बलात्कार, कहिले फ्यानमाथि आक्रमणजस्ता विभिन्न विवादमा परिरहेका कारण नेयमारको मूल्य पनि खस्किँदै गएको छ ।
फुटबल इतिहासमा अहिलेसम्म सबैभन्दा बढी मूल्यमा अनुबन्ध हुने खेलाडी नेयमार हुन् । २ वर्षअघि पेरिस सेन्ट जर्मेनले उनलाई बार्सिलोनाबाट लैजानको लागि २२० मिलियन गुरो तिरेको थियो । तर, अहिले उनको त्यो मूल्य छैन । उनको मूल्य लगातार घटिरहेको छ । तर, उनकै क्लवका अर्का युवा स्टारको मूल्यले भने आकाश छोएको छ । सिआइइएस फुटबल अब्जर्भेटरीले पिएसजीकै किलियन एम्बाप्पेलाई २५२ मिलियन युरो मूल्य निर्धारण गरेको छ । नेयमारको मूल्य भने १२५ मिलियन युरो तोकिएको छ । यसरी हेर्दा एम्बाप्पेको मूल्य नेयमारको मूल्यको दोब्बरभन्दा पनि बढी छ ।
June 14, 2019 1:07 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)