दाङमा मध्यराति भएको यस्तो डरलाग्दो दुर्घटनामा ३ जनाको मृत्यु !
काठमाडौं । उद्योगमा काम गर्दै गर्दा तीन जनाको ज्यान गएको छ । दाङमा सिमेन्ट उद्योगको नयाँ प्लान्ट निर्माणको क्रममा ढलान भत्कँदा तीन जना मजदुरको ज्यान गएको हो । लमही नगरपालिका वडा नम्बर ७ मा रहेको सम्राट सिमेन्ट उद्योगको नयाँ प्लान्ट निर्माणको क्रममा ६ तल्ला माथिको ढलान भत्किँदा भारतीय मजदुरको ज्यान गएको जनाइएको छ ।
घटनामा परि तीन जना मजदुर घाइते भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख अरुणकुमार सिंहले जानकारी दिनुभयो । मृत्यु हुनेमा भारत झारखण्ड निवासी ४५ वर्षीय मंगल कस्यव, २२ वर्षीय दयाल हेरेन र ४६ वर्षीय साहेव रहेका छन । घटनामा परि अजय हेरेन, दिपेन बोडोलइ, नरेन बोडलइ घाइते भएका छन् ।
जसमध्ये अजय हेरेन र नरेन बोडोलाई थप उपचारको लागि बुटवल ल्याइएको छ । घाइतेहरुको फलोरेन्स अस्पताल लमहीमा प्रारम्भिक उपचार गरिएको थियो । घटना राति २ बजे भएको बुझिएको छ । घटनाका बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
June 15, 2019 10:51 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता