भोजपुर हातेमालो सेवा समाज आबुधावी क्षेत्रीय समिती गठन
युएइ ,भोजपुर हातेमालो सेवा समाज युएईको अबुधाबी क्षेत्रीय अधिबेसन अबुधाबी स्थित शुक्रबार एक होटलमा सम्पन गरेको छ। भोजपुर हातेमालो सेवा समाज युएईका केन्द्रीय अध्यक्ष भीम थापाको अध्यक्षता साथै संस्थाका प्रमुख सल्लाहकार ज्ञानेन्द्र बहादुर राईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। प्रथम अबुधाबी क्षेत्रीय अधिबेसनले दीपक थापा मगर को अध्यक्षतामा १३ सदस्य तथा दुई क्षेत्रीय सल्लाहकार सहित नयाँ कार्य समिति निर्वाचित गरेको हो ।
कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार ज्ञानेन्द्र बहादुर राई,संस्थाका केन्द्रीय महासचिव राम कुमार तिरुवा ,केन्द्रीय उपाध्यक्ष विमल लामिछाने ,केन्द्रीय कोषाध्यक्ष अस्मी तामाङ्ग लगायतले मन्तब्य राखेका थिए । अबुधाबी क्षेत्रीय अधिबेसनले अध्यक्षमा दीपक थापा,मगर उपाध्यक्ष राजिन राई ,महिला उपाध्यक्ष गीत बराइली ,श्याम विसी सचिव ,युवा राज तिवारी सहसचिव ,दिनेश लुहार कोषाध्यक्ष ,रमेश विक सहकोषाध्यक्ष र सदस्यहरु , योगेन्द्र थापा , विरिन्दा राई, रामजी बस्नेत, पेमा शेर्पा थापा मगर,टेक बहादुर तिरूवा तथा सल्हाकारहरु टीका राम बराईली, नारायण खिम्बुले राईलाई निर्वाचित गरेको छ ।
संस्थाका प्रमुख सल्लाहकार तथा अधिबेसनका प्रमुख अतिथि ज्ञानेन्द्र बहादुर राईले नवनिर्वाचित कार्यसमितिलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए।
अन्तमा अधिबेसनलाई सम्बोधन गर्दै संस्थाका केन्द्रीय अध्यक्ष भीम थापाले आफ्ना सबै विचार, मान्यता र निश्चित सामुदायिक घेराबाट माथि उठेर युएईमा रहेका सम्पूर्ण भोजपुरे को पक्षमा निस्वार्थ ढ्ङ्ले काम गर्ने प्रतबद्धताका साथ भोजपुर हातेमालो सेवा समाज युएईमा प्रवेश गर्न आग्रह गर्दै नयाँ कार्य समितिलाई संस्थाको विधानलाई आत्मसाथ काम गर्ने बधाई तथा शुभकामना दिँदै कार्यक्रमको समापन गरेका थिए।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता