विश्वकप क्रिकेट : भारत र पाकिस्तानबीच प्रतिस्पर्धा आज
म्यानचेस्टरको विशाल सडक र ओल्ड ट्राफोटको स्ट्याण्ड, आईसीसी एकदिवशीय विश्वकप क्रिकेटको बहुप्रतिक्षित खेलमा समर्थकको उत्साहसँगै सानदार हुनेछ । यो खेल विश्व क्रिकेटकै रंगशालामा हाउसफुल र विश्वभर टेलिभिजनमार्फत करोडाैँले प्रतिक्षा गरिरहेको खेल हो ।वर्षाका कारण रद्ध भएको न्यूजिल्याण्डविरुद्धको पछिल्लो खेलसँगै विराट कोेहलीको नेतृत्वमा रहेको भारतले परम्परागत चीर प्रतिस्पर्धी पाकिस्तानसँग म्यानचेस्टरको मैदानमा प्रतिर्पर्धा गर्दैछ । यस खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजेदेखि सुरु हुनेछ ।गएको फेब्रुअरीमा भारत प्रशाशित कास्मिरमा आतंकबादी हमलामा ४० भारतीय सैनिकको मृत्यु भएपछि भारत पाकिस्तान तनावले झण्डै युद्धको रुप लिएको थियो । क्रिकेटको मैदानमा लामो समययता यी दुईबीचको खेललाई युद्धकै रुपमा तुलना गरिन्छ ।
सन् २००८ को मुम्बई हमलामा पाकिस्तानको संग्लग्नता आरोप लगाउँदै भारतले क्रिकेटमा द्वीपक्षीय सम्बन्ध तोडेको थियो । सन् २०१२–१३ मा एकदिवशीय र ट्वान्टी २० श्रृंखलाका लागि पाकिस्तानले भारतको भ्रमण गरेको थियो । भारत र पाकिस्तान अन्तर्राष्ट्रिय प्रतियोगितामा मात्र आमने सामने हुँदै आएका छन् ।प्रतियोगिताको सुरुआती दुई खेलमा दक्षिण अफ्रिका र अष्ट्रेलियाबिरुद्ध भारतीय पक्षको प्रदर्शन सबै क्षेत्रमा उत्कृष्ट थियो । तर, शिखर धवनको अनुपस्थिति र पाकिस्तानी फाष्ट बलर मोहम्मद अमिरको सानदार लयका कारण भारतीय ओपनिङमा सहज नहुन सक्छ ।भारतको सुरुआत रोहित शर्मासँग केएल राहुलले गर्नेछन् । तर, खाली रहेको चौथो नम्बरमा दिनेश कार्तिक या विजय शंकरलाई जिम्मा दिनेबारे निर्णय भइनसकेको बताइएको छ ।
पाकिस्तानले इंग्ल्याण्डविरुद्ध अविश्वसनीय जित हासिल गरेको थियो । त्यसपछि उसले टाउनटनमा अष्ट्रेलियासँग ४१ रनले पराजित भयो । अष्ट्रेलियाबिरुद्धको खेलमा पाकिस्तानी बलरहरुले पारीको बीचबाट उत्कृष्ट पुनरागमन गरेका थिए । तर, ब्याट्सम्यानको कमजोर प्रदर्शन नै उसको हारको कारक बन्यो ।
अरफराज अहमदले अनुभवी सोएव मलिकको स्थानमा ह्यारिस सोहेललाई सुरुआती ११ मा सामेल गर्नेबारे बिचार गर्न सक्नेछन् । मलिकले प्रतियोगिताका ३ खेलमा फ्लप छन् ।विश्वकपको हेड टू हेडको कुरा गर्ने हो भने भारत पूर्ण हावी छ । सन् १९९२ यता यी दुईबीच विश्वकपमा ६ पटक भिडन्त भएकोमा पाकिस्तानले अहिलेसम्म जित्न सकेको छैन । एकदिवशीय अन्तर्राष्ट्रियमा भने यिनीहरुले १३१ पल्ट खेलेकोमा पाकिस्तानले ७३ पल्ट जितेको छ ।
सरफराज अहमदको नेतृत्वमा रहेको पाकिस्तान जुनसुकै टिमलाई हराउने क्षमता राख्छ । सन् २०१७ मा इंग्ल्याण्डमै भएको च्याम्पियन्स ट्रफी फाइनलमा भारतविरुद्ध निकालेको १ सय ८० रनको जितको आत्मविश्वासलाई कायमै राखेर मैदानमा उत्रनेछ । पछिल्लो समय भारत र पाकिस्तान एसिया कपमा खेलेका थिए, जहाँ भारत विजयी भएको थियो ।बहुप्रतीक्षित खेलमा सबैभन्दा चिन्ताको विषय वर्षा हो । बिहानको समयमा घाम लागे पनि मध्याह्नपछि म्यान्चेस्टरमा भीषण वर्षाको सम्भावना छ । दोस्रो ब्याटिङ गर्ने टिमले म्यान्चेस्टरको पछिल्लो पाँचमध्ये ४ खेलमा जित हासिल गरेको छ ।वर्षाको सम्भावना भएकाले यस खेलमा पनि त्यस्तै नतिजा आउन सक्छ, त्यसैले टस जित्ने कप्तानले सम्भवतः फिल्डिङ रोज्नेछन् ।
June 16, 2019 10:40 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)