Monday 1st June 2026

समता अस्पतालमा झुण्डिएको अवस्थामा शव फेला

7 years अगाडी

काठमाडौँ । बौद्धस्थित समता अस्पतालमा आज एक युवतीको शव झुण्डिएको अवस्थामा फेला परेको छ। रामेछाप जिल्ला दोरम्बा घर भएकी सोही अस्पतालमा क्लिनरको काम गर्ने २७ वर्षीया विमला तामाङ अस्पतालमै झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन्।मृत फेला परेपछि आफन्तले अस्पताल परिसरमा तोडफोड गरेका छन् । तोडफोडपछि आक्रोशमा आएको भीडलाई नियन्त्रण गर्न प्रहरी परिचालन गरिएको छ ।

महानगरीय प्रहरी वृत बौद्धका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार विगत दुई महीनादेखि यही अस्पतालमा काम गर्ने भन्ने बुझ्न आएको छ । शव परीक्षणपछि सत्यतथ्य रिपोर्ट आउने उनले बताए । घटनाको थप अनुसन्धान भइरहेको समेत प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिए ।

          June 18, 2019 1:08 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...