ललितपुरमै १३ वर्षीया बालिकालाई अपहरण गरी ८ दिनसम्म कोठामा थुनेर पटक–पटक बलात्कार
काठमाडौ । नेपालमा नै सुन्दापनि आङ्ग नै जिरीङ्ग हुने घटना भइरहेका छन् । राजधानी काठमाडौ समेत रहेको उपत्यकाको ललितपुर जिल्लामा यस्तै अर्को घटना भएको छ ।सामुदायिक बाल उद्धार केन्द्रको संरक्षणमा रहेकी १३ वर्षीया बालिकालाई प्रलोभनमा पारेर अपहरण तथा बन्धक बनाएर ८ दिनसम्म बारम्बार बलात्कार गर्ने बलात्कारीलाई पक्राउ गरेपछि यस्तो तथ्य खुलेको हो । २०६३ सालदेखि सामुदायिक बाल उद्धार केन्द्रको संरक्षणमा रहेकी १३ बर्षीय बालिका हराएको ८ दिनपछि फेला परेकी थिइन् । बालिका हराएपछि प्रहरीले व्यापक खोजी गरिरहेको थियो । बालिका केन्द्रको सम्पर्कमा नआएको खबर भएपछि प्रहरीले जेठ ३२ गते साँझ ८ बजेतिर महालक्ष्मी नगरपालिका–३ बोझेपोखरीस्थित राजेन्द्र महर्जनको घरबाट फेला पारेको थियो ।
फेला परेकी १३ बालिकालाई महर्जनको घरमा डेरा गरी बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका–१ चाइनागेट स्थायी घर भएका विभुलाल जोशीले जबरजस्ती करणी गर्दै आइरहेको खुल्न आएको छ । केन्द्रको संरक्षणमा रहेकी १३ वर्षीया बालिका (आर) लाई जेठ २५ गते जोशीले प्रलोभनमा पारेर आफ्नो कोठामा लगेर जबरजस्ती करणी गर्दै आएको प्रहरी अनुसन्धानमा खुल्न आएको हो ।
छिमेकीलाई दाजुको छोरी भन्दै परिचय समेत लुकाएर जोशीले बालिकालाई सटरभित्र लुकाई पटक–पटक जबरजस्ती करणी गरेको खुल्न आएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख डीएसपी गौतम मिश्रले जानकारी दिए । जोशीलाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत ललितपुरबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको डीएसपी मिश्रले बताए । जोशीले पहिला पनि बालिकालाई जबरजस्ती करणी गर्दै आएको पाइएको छ ।
June 19, 2019 10:20 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता