श्रीलंकालाई जित्नै पर्ने दबाब, इंग्ल्याण्डकाे नजर सेमिफाइनल
एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंका अहिलेसम्म अंकतालिकाको मध्यतिर झुण्डिरहेको छ । तर बाँकी खेलहरुमा जित हासिल नगर्ने हो भने त्यो अवस्था लामो समयसम्म रहँदैन । र, यस्तो अवस्थामा उसले आयोजक टोली इंग्ल्याण्डको सामना गर्दैछ । इंग्ल्याण्ड एकदिवसीय वरीयताको शीर्ष स्थानमा छ । जारी विश्वकपको उपाधि दाबेदारितामा सबैभन्दा अगाडि देखिएको इंग्ल्याण्डले शीर्ष चारभित्र आफूलाई सुरक्षित गर्ने अभियानमा धेरै सफलता हासिल गरिसकेको छ ।
यता श्रीलंका भने संघर्ष गरिरहेको छ । विश्वकपमा अहिलेसम्मका ५ खेलमा उसले एउटा मात्र जितेको छ । दुई खेल वर्षाले रद्ध भएको थियो । दुई खेलबाट पाएको एक-एक अंकका कारण उसले मध्यतालिकामा स्थान पाएको हो । इंग्ल्याण्डका लागि यस खेलमा जेसन रोय हुने छैनन् । ह्याम्स्ट्रिङको चोटका कारण उनी वेष्ट इण्डिजबिरुद्ध पनि खेल्न सकेका थिएनन् । तर उनको अनुस्थितिले शक्तिशाली ब्याटिङ लाइन अप भएको इंग्ल्याण्डका लागि केही फरक पर्ने छैन । उनको स्थानमा जेम्स भिन्स टिममा आएका छन् । आजको खेलमा जित हासिल गरे इंग्ल्याण्डले सम्भवतः विश्वकपको सेमिफाइनलमा स्थान बनाउनेछ ।
श्रीलंकाका लागि यो निकै कठिन खेल हो । तर, प्रतियोगितामा केही उत्कृष्ट प्रदर्शन गरी आफूलाई प्रमाणित गर्न उसका लागि अवसर पनि हो । श्रीलंकाली टोलीले अहिलेसम्म ब्याटिङमा सन्तोषजनक प्रदर्शन गरेको छ । तर बाँकी २ क्षेत्रमा भने उसको प्रदर्शन निकै कमजोर देखिएको छ । इंग्ल्याण्डविरुद्ध उसले शतप्रतिशत प्रदर्शन गर्नु आवश्यक हुन्छ । लिड्समा शनिबार वर्षाको सम्भावना निकै कम छ । यही मैदानमा इंग्ल्याण्डले विश्वकपअघि पाकिस्तानविरुद्धको सिरिजको अन्तिम खेल खेलेको थियो र ३५० भन्दा बढीको योगफल रक्षा गर्ने क्रममा ५४ रनको जित हासिल गरेको थियो ।
June 21, 2019 10:22 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)