कुवेतमा मृत्यु भएकी झापाकी सुमित्राको परिवारलाइ सम्पर्कमा आउन दुताबासको आग्रह
हरि कृष्ण न्यौपाने – सन २०१३ मा नेपाल सरकारबाट श्रम स्वीकृति लिएर घरेलु महिला कामदारको रुपमा कुवेतमा काम गर्न आएकि झापाकी ४१ बर्षिय सुमित्रा जबेगु लिम्बुको गत मेई २८ तारिक कुवेतमा मृत्यु भएको छ।बिरामी भए पछि उपचारको लागि अस्पतालमा भर्ना गरिएकि सुमित्राको अस्पतालमै मृत्यु भएको र हाल सम्म पनि मृतकको घर-परिवार वा आफन्तजनसंग सम्पर्क हुन नसक्दा उनको शबलाई नेपाल पठाउन सकिएको छैन ।
पाँचथर जिल्लाबाट सन २०१३ फेब्रोवरी २७ तारिक जारी गरिएको राहदानी नं-०३६४६६७४ को मृतकको राहदानिमा उनको भाइको नाम नैना लिम्बु उल्लेख गरिएको छ भने स्थायी ठेगाना महाभारा-३ झापा जनाइएको छ।नेपाली नागरिकता नं-०४०१-६९-१०४२० रहेकी सुमित्रा जगेबुको शब परिवार वा आफन्त जनसंग सम्पर्क हुन नसक्दा कुवेतको अस्पतालमै रहेको छ।
नेपाली राजदुताबास कुवेतका दितिय सचिब ज्ञान बहादुर मगरले तितोपाटि डट कमसंग भने “मृतक सुमित्राको शबलाई नेपाल पठाउने सम्पुर्ण कानुनी प्रकृया पूरा भई सकेको छ ।उनको परिवार वा आफन्तजन कोहि संग पनि सम्पर्क हुन नसक्दा उनको शबलाई नेपाल पठाइउन सकिएको छैन ।” राहदानिको फोटोमा देखिएकी झापा महाभारा-३कि मृतक सुमित्रा जबेगु लिम्बुलाइ कसैले चिन्नु हुन्छ वा उनको परिवार एबं नातेदारलाई चिन्नु हुन्छ भने नेपाली दूतावास कुवेतको हटलाइन नं-००६५ ९८८६९१२१ वा कोसेली समूह कुवेत(तितोपाटी डट कम)मा सम्पर्क गर्नु होला ।
June 21, 2019 12:31 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता