समता अस्पताल संचालक उत्तम संजेलकी पत्नीविरूद्व अदालतमा मुद्दा दायर
काठमाडौं। काठमाडौंको कुमारीहलस्थित समता अस्पतालकी एक महिला कर्मचारीको रहस्यमय मृत्यु भएपछि हिरासतमा लिइएको अस्पताल संचालककी पत्नीविरुद्ध मुद्दा दायर भएको छ । सरसफाई कर्मचारी विमला तामाङ मंगलबार झुण्डिएको अवस्थामा फेला परेपछि अस्पताल संचालककी पत्नीसहित ३ जनालाई हिरासतमा लिइएको थियो ।
तामाङको मृत्युका विषयमा तीन जना महिलामाथि अनुसन्धान थालिएको हो । प्रहरी परिसर टेकुले आज उनीहरु विरुद्ध अभद्र व्यवहारको मुद्दासहितको फाइल काठमाडौं जिल्ला अदालतमा दर्ता गरेको छ । मृतक विमला तामाङको खल्तीमा भेटिएको सुसाइड नोटमा नाम उल्लेख गरिएकी तीनजना विरुद्ध मुद्दा दायर गरिएको हो । जसमा समता अस्पतालका सञ्चालक उत्तम सञ्जेलकी पत्नी कला संजेलसहित तीनजना छन् ।
नियमित काममा गएकी विमला कार्यालय समयपछि घर नआएको र विगत केही सातादेखि ताला लगाएको कोठामा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । विमलाले आत्महत्या गरेको पोष्टमार्टम रिपोर्टबाट खुलेको छ ।
सहमति नभएसम्म शव नबुझ्ने अडान लिएको परिवारले अस्पताल प्रशासनले मृतकका बालबालिकाको पालनपोषणको र दोषी भनिएकाहरुमाथि कारवाहीको विषयमा सहमति गरेपछि उनको दाह संस्कार गर्रिएको छ ।
June 21, 2019 4:21 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता