काेपा अमेरिका : चिली एक खेल अगावै क्वाटरफाइनल, इक्वेडरकाे सम्भावना कठिन
विराटनगर । ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा इक्वेडरलाई पराजित गर्दै साबिक बिजेता चिली क्वाटरफाइनल प्रवेश गरेको छ । समुह चरणकाे पहिलो खेलमा जापानलाई पराजित गरेको चिलीले दोस्रो खेलमा इक्वेडरलाई २–१ गोल अन्तरले पराजित गर्दै एक खेल अघि नै दोस्रो चरण प्रवेश गरेको हो ।शनिवार बिहान भएको खेलमा २–१ गाेल अन्तरले चिली बिजयी भएपछि इक्वेडरलको दोस्रो चरणको सम्भावना कठिन बनेको छ । दुई खेलमा पराजित भएको इक्वेडर अंक बिहिन छ ।
शनिवार भएकाे राेमाञ्चक खेलमा चिलीले आठौं मिनेटमा अग्रता लिएको थियो । जोस पेड्रोको गोलबाट अग्रता लिएको चिली विरुद्ध २६ औं मिनेटमा गोल गर्दै इक्वेडर बरारबीमा फर्कीयो ।चिलीका खेलाडीले बक्समा फउल गरेपछि इक्वेडरले पेनाल्टी पाएको थियो । इनर भ्यालेन्सियाले पेनाल्टी सदुपयोग गर्दै टोलीलाई बरावरीमा फर्काए । पहिलो हाफ दुबै टोलीले १–१ को बरावरी खेलेका थिए । दोस्रो हाफको ५१औं मिनेटमा चिलीका लागि एलेक्सिस सान्चेजले गोल गरेर २–१ को स्थीतिमा पूर्याए ।
बाँकी समयमा पाएको अवसरलाई इक्वेडरले सदुपयोग गर्न नसक्दा चिली खेल २–१ गोल अन्तरले बिजयी भयो । खेलको अन्तिम समयमा इक्वेडर १० खेलाडीमा सीमित भएको थियो ८९औं मिनेटमा ग्याब्रिएल अकिल्लर रातो कार्ड पाएका थिए ।दुई खेलबाट ६ अंक जोडेको चिली समुह ‘सी’ को शीर्ष स्थानमा छ । उरुग्वे ४ अंकसहित दोस्रो स्थानमा छ । जापान १ अंकसहित तेस्रोमा छ । २ वटा खेल गुमाएको इक्वेडर पुछारमा छ ।
June 22, 2019 1:06 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)