विश्वकप क्रिकेट : वेष्ट इण्डिजलाई हराउँदै न्यूजिल्याण्ड शीर्ष स्थानमा
विश्वकप क्रिकेटमा न्यूजिल्याण्डले वेष्ट इण्डिजलाई हराउँदै शीर्ष स्थानमा उक्लिएको छ । प्रतिस्पर्धात्मक खलमा न्यूजिल्याण्डले. इण्डिजमाथि ५ रनको जित हात पार्यो । टस हारेर ब्याटिङको निम्तो पाएको न्यूजिल्याण्डले ५० ओभरमा आठ विकेट गुमाउँदै २९१ रन बनाएको थियो । पहिलो दुई विकेट सात रनको अवस्थामा गुमाएको न्यूजिल्याण्डका लागि केन विलियमसन र रोश टेलरले उत्कृष्ट प्रदर्शन गरे । तेस्रो विकेटका लागि उनीहरुले १६० रनको साझेदारी गरेपछि न्यूजिल्याण्ड सम्मानजनक स्कोरमा पुगेको हो ।
विलियमसनले १४८ रनको योगदान दिए । त्यस्तै टेलरले ६९ रन बनाए । बलिङतर्फ शेलडन कोट्रेल एक्लेले चार विकेट लिए भने कार्लोस ब्राथह्वाइटले दुई विकेट हात पारे ।२९२ रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिज ४९ ओभरमा २८६ रनमा अलआउट भयो । उसका लागि कार्लोस ब्राथह्वाइटले १०१ रनको शतकीय योगदान दिए । उनले ८२ बलमा नौ छक्का र पाँच चौका प्रहार गरेका थिए ।
यस्तै क्रिश गेलले ८७ रन बनाएका थिए भने सिमरन हेटमेयरले ५४ रन जोडे । अन्य खेलाडीको ब्याटिङ चल्न सकेन । वेष्ट इण्डिजलाई हराउनका लागि ट्रेन्ट बोल्टले चार विकेट लिए भने लकी फर्गुसनले तीन विकेट लिए । जितसँगै न्यूजिल्याण्ड ६ खेलबाट ११ अंक सहित शीर्ष स्थानमा फर्किएको छ ।
June 23, 2019 12:42 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)