विश्वकप क्रिकेटमा आज इंग्ल्याण्ड र अस्ट्रेलियाबीच प्रतिस्पर्धा
क्रिकेटका सबैभन्दा पुराना प्रतिद्वन्द्वी इंग्ल्याण्ड र अस्ट्रेलिया जारी एकदिवशीय विश्वकप अन्तर्गत प्रतिष्ठित लर्डस मैदानमा आमने सामने हुनेछन् ।विश्वकपको सेमिफाइनलका दावेदार टोलीहरुबीचको खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजेदेखि सुरु हुनेछ । इंग्ल्याण्डले ६ खेलमा ४ जित हासिल गरेको छ । पछिल्लो खेलमा श्रीलंकासँग पराजित हुनु इंग्ल्याण्डको आत्मविश्वासमा ठूलो चोट हो । कमजोर प्रदर्शन गरिरहेको श्रीलंकाले घरेलु टोलीमाथि २० रनको जित आत्मसाथ गरेको थियो । त्यसबाहेक इंग्ल्याण्डले पाकिस्तानसँग पनि पराजय ब्यहोरेको थियो ।
विश्वकपको उपाधिका लागि सबैभन्दा प्रमुख दावेदारको रुपमा रहेको इंग्ल्याण्डले आगामी ३ खेलमा कठिन परीक्षाबाट गुज्रिनुपर्नेछ । त्यसको सुरुआत मंगलबारको अष्ट्रेलियाबिरुद्धको खेल हो । जितको यात्रामा पुनरागमन गर्नका लागि उसले अष्ट्रेलियालाई हराउनुपर्नेछ । इंग्ल्याण्डका लागि अर्को समस्या ओपनर ज्यासन रोयको अनुपस्थिति पनि हो । जो ह्याम्स्ट्रिङको चोटका कारण आराममा छन् ।
अष्ट्रेलियाका लागि पनि सुरुआती ब्याट्सम्यान र बलरहरुको उत्कृष्ट प्रदर्शन सुखद पक्ष हो । उसले ६ मध्ये ५ खेलमा स्पष्ट जित हासिल गरिसकेको छ । मार्कस स्टोनिस चोटमुक्त हुँदै फर्किएपछि अस्ट्रेलिया अझै बलियो बनेको छ । एकदिवशीय क्रिकेटको हेड टू हेडमा इंग्ल्याण्डभन्दा अष्ट्रेलिया अगाडि छ । इंग्ल्याण्डले अहिलेसम्म ६१ खेल जितेको छ भने अष्ट्रेलिया ८१ पल्ट विजयी भएको छ । पाँच पल्टको विश्वविजेता अष्ट्रेलियालाई पहिलो विश्वकप जित्ने अभियानमा रहेको इंग्ल्याण्डले यसपल्ट कडा चुनौति दिन सक्छ ।
किनभने इंग्ल्याण्डले घरेलु मैदानमा खेलिरहेको छ । लर्डस्मा सोमबार रातभर वर्षा हुने र मंगलबार बिहानैदेखि घना बदली भइराख्ने पूर्वानुमान गरिएको छ । दिउँसोको समयमा हावा हुरीसहित वर्षाको सम्भावना पनि भएकाले यस खेल ढिला हुनेछ । लर्डस्मा पछिल्लो ४ मध्ये ३ खेल पहिले ब्याटिङ गर्ने टिमले जितेको छ । त्यसैले टस महत्वपूर्ण हुन सक्छ ।
June 25, 2019 12:22 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)