तय भयो यो बर्ष यस्ता नेपालीले मात्र जापानमा रोजगारीका लागि जान पाउने
काठमाडौं । वैदेशिक रोजगार विभागका महानिर्देशक भिष्मकुमार भुषालले यो वर्ष नर्सिङ क्षेत्रका श्रमिक मात्र जापान जान पाउने जानकारी दिएका छन्। जापान खुल्नै लागेको भनेर भाषा पढाउँदै पैसा असुल गर्ने क्रम बढेका बेला उनले यस्ता हल्लाको पछाडि नलाग्न आग्रह गरे।
‘जापान सरकारसँग हाम्रो अनौपचारिक छलफल हुँदा अक्टोवरमा नर्सिङ केयरको लागि मात्रै परीक्षा लिइने जानकारी आएको छ’ उनले भने ‘यो वर्ष लाने भनेको १४ सेक्टर मध्ये नर्सिङ केयर सेक्टर मात्र हो।’जापान जानको लागि भाषाभन्दा सम्बद्ध नर्सिङ सेक्टरको सिप सिक्न उनले आग्रह गरे। ‘जापनी भाषा पढ्दैमा जापान जान पाइँदैन, कोरियाको जस्तो सिस्टम होइन। जापानमा रोजगारीको सवालमा भाषा भन्दा ३ गुणा महत्व सिपको हुन्छ,’ उनले भने ‘ नर्सिङ केयरकै कुरा गर्ने हो भने ६० मिनेटको स्किल टेष्ट हुन्छ र २० मिनेटको मात्र भाषा परीक्षा हुनेछ,।’
सिप नसिक्दा र पास नगर्दासम्म भाषामा जति अब्बल भए पनि काम नलाग्ने उनले स्पस्ट पारे। भाषाको नाममा खोलिएका संस्थाहरुले कुनै पनि शिर्षकमा पैसा उठाएको छ भने विभागमा जानकारी दिन उनले आग्रह गरे। गत चैत ११ गते नेपाल र जापानबीच कामदार लैजानेबारे एमओसीमा हस्ताक्षर भएको थियो।जापानले नेपालसँगै इन्डोनेसिया, भियतनाम, चीन, मंगोलिया, थाइल्यान्ड, म्यानमार, फिलिपिन्स र कम्बोडियाबाट पनि कामदार लाने प्रकृया अगाडि बढाएको छ।
June 25, 2019 2:08 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता