विश्वकप क्रिकेट २०१९ : सेमिफाइनल पुग्न न्यूजिल्याण्डलाई जित्नै पर्ने दबाबमा पाकिस्तान
इंग्ल्याण्डमा जारी एकदिवीय विश्वकप क्रिकेटमा अष्ट्रेलिया सेमिफाइनल पुग्ने पहिलो टिम बनेको छ ।आजकाे खेलमा पाकिस्तानलाई पराजित गरेको खण्डमा न्यूजिल्याण्ड सेमिफाइनलमा पुग्ने दोस्रो टिम बन्नेछ । अर्कोतर्फ सेमिफाइनलमा पुग्ने आशा जीवितै राख्नका लागि पाकिस्तानलाई यो मात्र होइन बाँकी सबै खेल जित्नैपर्ने अवस्थामा छ । जित महत्वपूर्ण रहेका यी दुई टोलीको खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजेदेखि म्यान्चेस्टरको ओल्ड ट्राफोड रंगशालामा हुनेछ ।
न्यूजिल्याण्ड प्रतियोगितामा अपराजित टोली हो । ६ मध्ये ५ खेलमा जित हासिल गरेको न्यूजिल्याण्डले भारतविरुद्धको खेल वर्षाले रद्ध भएपछि अंक बाँडेको थियो । कप्तान केन विलियम्सनको प्रेरणामा न्यूजिल्याण्डले लगातार उत्कृष्ट प्रदर्शन गरिरहेको छ र विश्वकपको उपाधिमा स्वभाविक दाबेदारको रुपमा आफूलाई उभ्याएको छ । केन विलियम्सनका अलावा रस टेलर, कोलिन डी ग्राण्डहोम, लक्की फर्गुसन, म्याट हेनरी र जेम्स निसमकै प्रदर्शन यसअघिका खेलमा जस्तै पाकिस्तानविरुद्ध पनि निर्णायक हुनेछ ।
६ खेलमा २ जित हासिल गरेको पाकिस्तानका लागि सेमिफाइनल प्रवेशको सम्भावना कायम राख्न यो खेल जित्नैपर्नेछ । पाकिस्तान विश्वकपकै सबैभन्दा अनिश्चित टोली हो । यसअघिका प्रदर्शनले यस्तै बताउँछ । पहिलो खेलमा वेष्ट इण्डिजसँग ७ विकेटले पराजित भएको पाकिस्तानले आयोजक इंग्ल्याण्डलाई पराजित गरेको थियो । त्यसयता अस्ट्रेलिया र भारतसँग पराजित भएको छ भने दक्षिण अफ्रिकालाई पराजित गरेको छ ।
पाकिस्तानका लागि मोहम्मद अमिरले अहिलेसम्म सानदार प्रदर्शन गरिरहेका छन् । ब्याटिङमा उसको एकरुपको प्रदर्शन देखिएको छैन । बलिङमा पनि अमिरबाहेक अन्यले उत्कृष्ट प्रदर्शन गर्न सकेका छैनन् ।आफ्नो लक्ष्य पूरा गर्नका लागि पाकिस्तानलाई निश्चित प्रदर्शनको आवश्यकता पर्नेछ ।
June 26, 2019 11:47 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)