नेपाल एअरलाइन्सले बेच्ने भयो बोइङ, अब एअरबसका मात्रै जहाज
काठमाण्डौ – नेपाल वायु सेवा निगमले बोइङ ७५७ सिरिजको ‘गण्डकी’ जहाज बेच्ने भएको छ । जहाज बेच्न निगमले बुधबार अन्तर्राष्ट्रिय बोलबत्र आह्वान गरेको छ । ३२ वर्ष पुरानो बोइङ ७५७ एसीबी सिरिजको यो जहाज बिग्रिएर ५ महिनादेखि ग्राउन्डेड भएको थियो । यो जहाज १ सय ९० सिट क्षमताको छ ।
यो जहाज किन्नका लागि ४५ दिनभित्र बोलपत्र भर्नुपर्ने निगमले जनाएको छ । बोलपत्र भर्नेले ३ करोड ८४ लाख रुपैयाँभन्दा धेरै रकम बैंक ग्यारेन्टी राख्नुपर्ने निगमले जनाएको छ ।निगमले बोइङ ५७७ सिरिजका २ वटा जहाज सन् १९८७ मा र १९८९ मा किनेको थियो ।
यही सिरिजको अर्को कर्णाली नामको जहाज निगमले दुई वर्षअघि नै हाल गैरआवासीय नेपाली संघका अध्यक्ष रहेका भवन भट्टलाई बेचेको थियो । तर बिक्री भएको जहाज अहिलेसम्म पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै ग्राउन्डेड रहेको छ । यी दुई जहाजमार्फत निगमले आफ्नो स्वर्ण युगमा फ्रयांकफर्ट, लण्डन, पेरिस, टोक्यो र संघाईसम्म उडान गरेको थियो
बोइङ कम्पनीको यो जहाज बिक्रीपछि नेपाल वायुसेवा निगमसँग एअरबस कम्पनीमा मात्रै जहाज हुनेछन् । निगमले ४ वर्षअघि एअरबस ३२०–२२० सिरिजका २ वटा जहाज किनेको थियो भने गएको वर्ष एअरबसकै ३३०–२०० सिरिजका २ वटा वाइडबडी जहाज किनेको छ । एअरबसको जहाज बिक्रीपछि निगमसँग अन्तर्राष्ट्रिय उडानको लागि एअरबसका ४ वटा मात्रै जहाज रहनेछन् ।
June 26, 2019 1:20 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता