पोर्चुगिज फरवार्ड फिलिक्सका लागि एट्लेटिको मड्रिडको नयाँ प्रस्ताव
एट्लेटिको मड्रिडले पोर्चुगिज फरवार्ड हाओ फिलिक्सका लागि १२६ मिलियन युरो अर्थात् ११२.९ मिलियन पाउण्डको प्रस्ताव गरेको छ । एट्लेटिकोले यसअघि १०७ मिलियन पाउण्डको प्रस्ताव गरेको थियो ।रकम बढाएर प्रस्ताव अघि बढाएपछि बेन्फिाका सकारात्मक देखिएको छ । तर एट्लेटिको मड्रिडले किस्तामा रकम तिर्नका लागि प्रस्ताव गरेको छ ।
बेन्फिकाले एक विज्ञप्ति जारी गर्दै ला लिगा क्लबको प्रस्ताव छलफलका क्रममा रहेको जनाएको छ । ‘एट्लेटिको मड्रिडले फिलिक्सका लागि पठाएको १२६ मिलियन युरोको प्रस्तावमा छलफल भइरहेको छ,’ बेन्फिकाले विज्ञप्तिमा भनेको छ ।
यदी यो ट्रान्सफर सम्पन्न भएमा १९ वर्षे फिलिक्स पाँचौं महँगा खेलाडी बन्नेछन् । यसअघि सर्वाधिक महँगा खेलाडीको रेकर्ड नेयमारले कायम गरेका छन् भने उनीभन्दा पछि एमबाप्पे, कउटिन्हो र डेम्बेले छन् । युरोपा लिगमा फ्राङ्कफर्टविरुद्ध ह्याट्रिक गरेपछि विश्वको नजर फिलिक्समाथि परेको थियो । उनी भविष्यमा स्टार खेलाडी बन्ने आँकलन पनि गरिएको छ ।
June 27, 2019 10:44 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)