छोराछोरीले १० प्रतिशत तलब बैंकमा नहाले जेष्ठ नागरिकले उजुरी गर्न सक्ने
काठमाडौं– आफ्ना जागिरे सन्तानले प्रत्येक महिना उनीहरुको तलबको १० प्रतिशत रकम आफ्नो बैंक खातामा जम्मा नगरे जेष्ठ नागरिकले वडा कार्यालयमा उजुरी गर्न सक्ने भएका छन् । राष्ट्रियसभाले पारित गरेको जेष्ठ नागरिक सम्बन्धी ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकको दफा ६ मा सो व्यवस्था गरिएको छ । घिल्लो ऐनको धारा ८ लाई संसोधन गरिएको सो दफामा सार्वजनिक पद धारणा गरेका व्यक्तिले आफ्नो मासिक पारिश्रमिकको तोकिए बमोजिमको प्रतिशत रकम आफ्ना जेष्ठ नागरिक बाबुआमाको नाममा रहेको बैंक खातामा प्रत्येक महिना जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ ।
यस्तै, स्वरोजगार, व्यापार, व्यवसाय वा अन्य जुनसुकै किसिमको आय आर्जनबाट तोकिए बमोजिमको बार्षिक आम्दानी भन्दा बढी आम्दानी भएका व्यक्तिले तोकिए बमोजिमको रकम आफ्ना जेष्ठ नागरिक बाबुआमाको नाममा रहेको बैंक खातामा नियमित रुपमा जम्मा गर्नुपर्ने भनिएको छ । अन्तर्राष्ट्रिय वा गैरसरकारी निकायमा काम गरी नियमित पारिश्रमिक लिएका ब्यक्तिले पनि आमाबाबुको खातामा रकम जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ भने पेन्सन पाइरहेका व्यक्तिले समेत रकम जम्मा गर्नुपर्ने व्यवस्था छ ।
बाबुआमासँगै बसेका छन् भने उनीहरुको संयुक्त खातामा र भिन्न बसेका छन् भने पालन पोषण गर्नुपर्ने अवस्थामा रहेका बाबु वा आमाको खातामा रकम जम्मा गनुपर्नेछ । ऐन प्रारम्भको १५ दिन पछिबाट आमाबाबुलाई बैैंकमा रकम जम्मा गर्नुपर्ने वा नपर्ने बारेमा आफू कार्यरत कार्यालय वा स्थानीय तहमा जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ ।
उपदफा ११ मा रकम जम्मा गर्नुपर्ने दायित्व भएको व्यक्तिले रकम जम्मा नगरेमा निजको बाबु वा आमाले निज कार्यरत निकायमा वा स्थानीय तहमार्फत निवेदन दिन सक्ने व्यवस्था गरिएको छ । उपदफा १२ मा निवेदन परेपछि ब्यक्ति कार्यरत निकायको प्रमुखले त्यस्तो व्यक्तिको पारिश्रमिक जम्मा गर्न सम्बन्धित अधिकारीलाई आदेश दिने व्यवस्था गरिएको छ । यो ऐन प्रमाणिकरण हुन बाँकी छ ।
June 27, 2019 2:33 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता