गृह मन्त्रालयका सह- सचिवको गाडीलाई कारवाही गरेका ट्राफिक प्रहरी सम्मानित !
काठमान्डौ , गृह मन्त्रालयका सह- सचिव रामकृष्ण सुवेदीको गाडी माथि कारवाही गरेका ट्राफिक प्रहरीलाई सडकमै सम्मान गरिएको छ । अनाधिकृत रुपमा सिंहदरबारको पूर्वी गेट अगाडि पार्किङ गरेर गाडी राखिएको बेला महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएका प्रहरी जवानले गाडीमा लक लगाएका थिए ।
गृह मन्त्रालयका प्रवक्ता समेत रहेका सुवेदी पार्किङ गर्न निषेध गरिएको स्थानमा बा २ झ ३४६ नम्बरको सरकारी गाडी राखेर खाना खान गएका थिए । सोही समय प्रहरीले उनको गाडीमा लक लगाएको थियो ।
उनै ट्राफिक प्रहरीलाई युवाहरुले सडकमै सम्मान गरेका हुन् । प्रवक्तालाई नै कारवाही गरेर चर्चामा आएका ट्राफिक प्रहरीलाई युवाहरुले सडकमै दोसल्ला ओढाएर सम्मान गरेका हुन् । ह्वील लक गरेपछि चर्को दबाबमा केही समयमै अनलक गरेका थिए । तर उनले एक हजार रुपैयाँको चिट भने काटेका थिए ।
गाडी लक गरिएपछि प्रहरीलाई धम्काएर गाडी फिर्ता लान खोजेका थिए । ट्राफिक प्रहरीले गाडी लक गरेको थाहा पाएपछि आफ्ना चालकसहित गाडी भएको स्थानमा आएर ट्राफिकलाई ‘म गृह मन्त्रालयको प्रवक्ता हुँ’ भन्दै चिट नकाट्न अनुरोध गरेका थिए । तर उनले गाडी लक गर्नुका साथै एक हजार को चिट काटेका थिए ।
June 28, 2019 3:05 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता