किरण लामाको कारकाे ठक्करबाट शंकरको ज्यान गयो
झापा । शनिवार राति कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ । शनिवार राति करिब ११ बजे विराटनगर– ४ बरगाछीमा बा २० च ७४० नम्बरको कारले ठक्करबाट को ३५ प ५६३४ नम्बरको मोटरसाइकल चालक १९ वर्षिय शंकरकुमार मिश्रको मृत्यु भएको हो । मिश्र विराटनगर १२ का बासिन्दा हुन् ।ठक्कर दिने कार विराटनगर– ६ बसाेवास गर्दै आएका किरण लामाको हो । अपराधिक पृष्टभूमिका लामाले शनिवार राति सँगै बसेर खाजा खाँदा सामान्य विवाद भएपछि कारले ठक्कर दिएर भागेकाे प्रहरी स्राेतले जानकारी दिएकाे छ ।ठक्करबाट गम्भिर घाइते शंकरलाई उपचारकालागि विराट नर्सिङहोम भर्ना गरिएको थियो । अस्पतालले राति नै मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार ठक्करपछि भागेका लामाले कार विराटनगर – ६ स्थीत आफ्नो घरमै लुकाएका थिए । प्रहरीले राति करिब २ बजे उनको घरमा लुकाएर राखेको अवस्थामा कार नियन्त्रणमा लिएको हाे । लामा भने फरार छन् । उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । ठक्करका कारण लामको कारकाे सेफ्टी ब्यालुन पनि बाहिर निस्किएको अवस्थामा भेटिएको थियो । कारमा पनि क्षति पुगेको थियो ।
प्रहरी स्रोतका अनुसार लामाले अन्यसाथीसँगै बसेर मादक पदार्थ सेवन (मापसे) समेत गरेका थिए । साेही क्रममा विराटनगर १२ घर भएका मिश्रसँग सामान्य विवाद भएपछि नियोजित रुपमा ठक्कर दिएको हाे । तर जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठ भने घटनाको अनुसन्धान भइरहेको बताउँछन् ।चालक लामाको खोजीकार्य तिब्र पारिएको बताउँदै डिएसपी श्रेष्ठले नियोजित रुपमा ठक्कर दिएको भए सोही अनुसार मुद्दा चलाउने बताए । लामा विराटनगरका डनको रुपमा परिचित छन् । जग्गा कारोवारदेखि मिटर ब्याजको धन्दा चलाइरहेका उनी यस अघि होटलका व्यवसायीक साझेदार प्रह्लाद गुरागाईलाई बन्धक बनाएर कुटपिट गरेको आरोपमा पक्राउ परेका थिए ।
June 30, 2019 1:35 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता