लोक सेवा विज्ञापन विवादः सर्वोच्चले खोल्यो कर्मचारी भर्नाको बाटो
काठमाडौं। लोक सेवा आयोगले विभिन्न स्थानीय तहका लागि गरेको विज्ञापन रद्द गर्न माग गर्दै सर्वोच्च अदालतमा परेका विभिन्न ४ वटा रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले अन्तरिम आदेश दिनुनपर्ने ठहर गरेको छ ।
सर्वोच्चले अन्तरिम आदेश नदिएपछि लोक सेवा आयोगले विज्ञापन गरेअनुसार कर्मचारी भर्नाका लागि बाटो खुला भएको छ । लोक सेवा आयोगले विभिन्न स्थानीय तहका लागि गएको जेठ १५ गते ९ हजार १६१ कर्मचारीका लागि विज्ञापन गरेको थियो । अतिरिक्त दस्तुर लाग्ने गरी मंगलबारसम्म आवेदनका लागि समय बाँकी छ ।
लोक सेवाले गरेको विज्ञापन समावेसी सिद्धान्तविपरित भएको भन्दै विरोध भएपछि संसदीय समितिलेसमेत सो विज्ञापन रद्द गर्न निर्देशन दिएको थियो । र यही विषयमा विभिन्न रिट सर्वोच्चमा परेका थिए । सर्वोच्चमा परेका विभिन्न ४ वटा रिटको सयुँक्त सुनुवाई गर्दै सोमबार सर्वोच्चले आयोगको विज्ञापन कानुनसम्मत भएको ठहर गरेको हो ।
सोमबार न्यायाधीश हरिकृष्ण कार्की र आनन्दमोहन भट्टराईको इजलासले कर्मचारी समायोजनसम्बन्धी ऐन दफा १२ अनुसार विज्ञापन जारी भएकाले रिट निवेदनको मागअनुसार लोकसेवाको विज्ञापन रद्द गर्न अन्तरिम आदेश जारी गर्नु नपर्ने ठहर छ ।
July 2, 2019 11:55 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता