Monday 1st June 2026

भक्तपुर सिरुटारदेखि थानकोट नागढुङ्गा रुटमा चल्ने ठूला बस संञ्चालनमा

7 years अगाडी

काठमाडौं। शुभकामना यातायात प्रालिले भक्तपुर सिरुटारदेखि थानकोट नागढुङ्गा रुटमा चल्ने गरी ठूला बस संञ्चालनमा ल्याएको छ। शुभकामना यातायात प्रालिले सोमबारदेखि भक्तपुर सुर्यविनायक नगरपालिकाको सिरुटारदेखि नयाँ बानेश्वरहुँदै थानकोट–नागढुङ्गासम्म संञ्चालन हुने बस सेवा दिन सुरु गरेको हो।

शुभकामना यातायात प्रालिद्वारा संञ्चालित ३१ सिटे बसहरुले सूर्य विनायक नगरपालिकाको वडा नम्बर १ र २ लाई समेट्ने विश्वास सञ्चालकले लिएका छन्।सिरुटारदेखि नयाँ बानेश्वरहुँदै थानकोट नागढुंगासम्मको रुटमा बस सेवा सञ्चालनका लागि रुट प्रमिट प्राप्त गरेपछि सेवा सुरु गरिएको शुभकामना यातायात प्रालिले जनाएको छ। २०६६ सालमा ट्याम्पो विस्थापित गरेर फोर्स गाडी संञ्चालनमा आएपछि सो रुटमा ठूला सवारी साधन सञ्चालनमा आएका थिएनन्।

          July 2, 2019 1:15 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...