सुनसरीमा जुवा खेलिरहेको अवस्थामा ५ जना पक्राउ
7 years अगाडी
Susma Dhakal
झापा ,सुनसरीको दुहवी नगरपालिका–१२ बाट जुवा खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन् । स्थानीय गंगा चौधरीको घरमा जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले पाँच जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–१५ का ४४ वर्षीय श्रवणकुमार चौधरी, ग्रामथान गाउँपालिका–६ का ४० वर्षीय रुपेशकुमार तामाङ, ग्रामथान गाउँपालिका–५ का ४० वर्षीय लालबहादुर चौधरी, गढी गाउँपालिका–३ का ४२ वर्षीय रमेश चौधरी र ३९ वर्षीय जोगेन्द्र उराव रहेका छन् ।
जुवाको खालबाट प्रहरीले १६ थान कौडा, गलैचा–१ थान, कालो कपडा–१ थान र नगद २ लाख ८५ हजार १ सय १४ रुपैयाँ समेत बरामद गरेको छ । पक्राउ परेकाहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
July 3, 2019 11:09 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
Loading...