टिपरले ठक्कर दिदाँ श्रीमतीको आँखा अगाडी नै श्रीमानको मृत्यु
7 years अगाडी
Susma Dhakal
काठमाडौं । नेपालमा लामो समय देखि टिपर आतंक कायम रहँदै आएको छ । यो बीचमा टिपरको ठक्करबाट अर्घाखाँची सितगंगा–२ सितापुर नेपानेका ५५ वर्षिय हरि वलीको मृत्यु भएको छ । दुर्घटनामा परि मृतकको श्रीमती ५० वर्षिया सीता वली गम्भीर घाईते हुनु भएको छ । दुर्घटनामा परि कपिलवस्तु बुद्धभुमी १ भेलाईका ५० वर्षिय अटो चालक तारा बहादुर टण्डन पनी सामान्य घाइते हुनु भएको छ ।
कपिलवस्तुको बसन्तपुर चोक नजिकै शुक्रबार बिहान गोरूसिङगेबाट बिरपुर जाँदै गरेको रा १ ख १६३९ नम्बरको टिपरले भेलाईबाट गोरूसिङगे जाँदै गरेको लु १ ह २५१२ नम्बरको अटोरेक्सालाई ठक्कर दिदा अटोरेक्सामा सवार रहेका वलीको घटना स्थलमै मृत्यु भएको पथ्थरकोट प्रहरीले जनाएको छ । घाइतेको ४ नम्बर सामुदायीक अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
July 5, 2019 11:28 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
Loading...