बंगलादेशी टिमका लागि बाेझ बनेकै हुन् त कप्तान माेर्तजा ?
१८ वर्षसम्म क्रिकेट खेलिसकेका एक व्यक्तिले के गर्छन् ? तपाईसँग सहज उत्तर हुनसक्छ, कमेन्ट्री, प्रशिक्षक या क्रिकेटकै कुनै प्रशासनिक काममा सक्रिय । तर बंगलादेश क्रिकेट टिमका कप्तान मशरफे मोर्तजा माथि उल्लेख गरिएका कुनै भूमिकामा छैनन् । उनी अहिले पनि बंगलादेश क्रिकेट टिमको कप्तान हुन् । साथै सत्तारुढ दल अवामी लिगका सांसद पनि । सांसदको भूमिकामा रहेका उनी अहिले पनि क्रिकेटको मैदानमा बल र ब्याटका पछि दौडिरहेका छन् । जारी विश्वकपमा उनको न बल चल्यो न ब्याट नै । उनको प्रदर्शनबाट बंगाली समर्थकरु भने पक्कै निराश भएका छन् । सेमिफाइनल रेसबाट आउट हुँदै प्रतियोगिता टुंग्याएको बंगलादेशका कप्तान मोर्तजाले जम्मा ३४ रन बनाए भने १ विकेट लिएर विश्वकपबाट बिदा पनि भए ।
कप्तानको भूमिका : बंगलादेश क्रिकेटमा मोर्तजा एक सफल बलर पनि मानिन्थे । उनले आफ्नो १० ओभरको स्पेलमा कम्तिमा ४०–६० रन खर्चिएर २–३ विकेट लिने क्षमता राख्थे । तर आईसीसी विश्वकप क्रिकेटको १२ औं संस्करणमा कप्तानको रुपमा मैदान उत्रदा उनको प्रदर्शन यति खस्कियो की समर्थकहरु पनि पुरै निराश बने । कप्तानको रुपमा १०० विकेट पूरा गर्न अझै उनी २ विकेटले टाढा छन् । यो नाम अहिलेसम्म शन पोलक र बकार युनुसको नाममा मात्रै रहेको छ । बंगलादेशबाट सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा मोर्तजा पर्छन् । उनले समग्रमा २६५ विकेट लिएका छन् । दोस्रो स्थानमा शकिब अल हसन छन् उनले २६० विकेट लिएका छन् ।
प्रदर्शनको अवस्थ : मोर्तजाको पछिल्लो प्रदर्शन निकै खस्किएको छ । उनको बलिङ औसत ३२ थियो भने विश्वकपमा ५३ पुगेको छ । यो विश्वकपमा ८ खेलमा उनले जम्मा एक विकेट लिएर सबैलाई निराश बनाए । अधिकांश खेलमा उनले आफ्नो १० ओभरको स्पेल नै पूरा गर्न सकेनन् । उनले हरेक ओभरमा ६.५ देखि ७.५ को औसतमा रन खर्चिएका थिए भने कति बेला त ८ नै पुग्ने गरेको थियो । यसैले त बंगालीहरु भन्दै छन् मोर्तजा कसरी कप्तान बने जो आफैमा टिमका लागि बोझ छन् ।
राजनीतिको पिचमा : क्रिकेट खेल्दा खेल्दै राजनीतिमा लाग्दा पनि समर्थकहरुले मोर्तजाको आलोचना नगरेका होइनन् । राजनीतिमा लागेपछि उनको क्रिकेट करियर कमजोर बनेको उनका आलोचकहरुको दाबी पनि छ । जसलाई यो विश्वकपले पुष्टि पनि गरिदियो । त्यसैले उनीहरुको एक मात्र भनाइ थियो मोर्तजाको ठाउँमा अरु कुनै भरोसा गर्न योग्य खेलाडीलाई राखिएको भए टिमको प्रदर्शन अझै राम्रो हुने थियो कि ?
-बीबीसीबाट
July 6, 2019 10:47 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)