महिला संघको नेतृत्वमा आरजु हावी भएपछि देउवाको गृहजिल्लामा भाँडभैलो
नेपाल महिला संघ केन्द्रीय समितिले डडेल्धुरा महिला संघ तदर्थ समितिको संयोजकमा कलावती बोहरालाई मनोनय गरेपछि विवाद बाहिर आएको हो । यता कांग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्लले लेटरप्याडको दुरुपयोग गरी संयोजक चयन गरिएको दाबी गरेका छन् । सभापति मल्लले महिला संघ डडेल्धुराको विषयमा सामाजिक संजालका अनर्गल प्रचार भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको बताए ।
साथै उनले पार्टीको महत्वपूर्ण भागिनी संगठन नेपाल महिला संघ डडेल्धुरालाई खेलौना बनाउने प्रयास भइरहेको पनि जिकिर गरे । उनले जिल्ला कार्य समितिमा बोहराको मनोनयनबारे आधिकारिक जानकारी नआएको समेत रातोपाटीलाई बताए ।
यता नेपाल महिला संघले भने वर्तमान संयोजक कमला विष्ट नेतृत्वको कार्यसमितिले अधिवेशन गर्न नसक्ने निष्कर्ष सहित बोहोरालाई संयोजकमा मनोनयन गरेको जनाएको छ ।संयोजकबाट हटाइएकी विष्टले भने अध्यक्ष अधिवेशन गर्न असक्षम भए त्यही कार्यसमितिको उपाध्यक्ष कसरी सक्षम भइन् भन्दै आक्रोश व्यक्त गरिन् । संघ अधिवेशनको तयारीमा जुटेका बेला केन्द्रबाट हुकुमी शैलीमा आफूमाथि अन्याय गरिएको उनको दाबी छ ।
रातोपाटीसँगको कुराकानीमा विष्टले भनिन् ,‘यहाँ हामी अधिवेशनमा जुट्दै थियौँ । माथिबाट हुकुमीशैलीमा मलाई बर्खास्त गरिएको पत्र बाहिर आयो । त्यसमा पनि महिला संघको केन्द्रीय समितिको निर्णय भनिएको छ । मैले केन्द्रीय समितिमा रहेका केही दिदीलाई सोधेँ बैठक बसेको कसैलाई थाहा छैन ।’ बोहरालाई सभापति देउवाकी पत्नी आरजु राणाको जोडबलमा केन्द्रीय अध्यक्ष उमा रेग्मीले मनोनयन गरिएको स्रोत बताउँछ ।
पछिल्लो समय देउवा पत्ती राणा र जिल्ला सभापति मल्लबीच निकै खटपट छ । डडेल्धुरा काँग्रेसमा लामो समयदेखि चर्को गुटबन्दी भइरहेको छ । महिला संघ विवाद पनि त्यही गुटबन्दीको परिणाम भएको जिल्लाका एक नेताले बताए । वर्तमान महिला संयोजक कमला विष्ट मल्ल पक्षकी हुन् भने बोहोरा पूर्व जिल्ला सभापति रघुवर भट्ट निकट मानिन्छन् । भट्टलाई देउवापत्नी राणाको बलियो समर्थन रहेको बताइन्छ ।
July 6, 2019 2:56 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता